spot_img

बिल भन्दा बढी सामान लोड ट्रक नियन्त्रण



वीरगंज, २४ पुष ।
बिल बिजक भन्दा बढी आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ नगवाबाट आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
नगवा स्थित सडकखण्डमा ना ६ ख ४७५६ नम्बरको मालवाहक ट्रकलाई रोकेर जा“च गर्ने क्रममा पूर्वाञ्चल ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुंदा ट्रक नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।नियन्त्रणमा लिइएको ट्रकमा रहेको अ.मु.रू २९ लाख ६९ हजार ९ सय ३ बराबरको आलमुनियम, नरिवल तथा बदाम थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर