spot_img
Homeदेशमधेशभर्याङ भत्कीएर एक मजदुरको मृत्यु

भर्याङ भत्कीएर एक मजदुरको मृत्यु

वीरगंज, २२ पुष ।
ढलान गरिएको भ¥याङको सेन्ट्रीङ खोल्ने क्रममा भ¥याङ भत्किएर च्यापीइ एक मजदुरको मृत्यु भएको छ ।
पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.४ तिलावे खोलाको छेउमा छठ पुजा गर्ने घाटको ढलान गरेको भ¥याङको सेन्ट्रिङ खोल्दा भ¥याङ भत्किएर च्यापिएका एक मजदुरको मृत्यु भएको हो ।
भ¥याङले च्यापिएर गम्भीर घाइते भएको दुई जना कामदारलाई स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि पठाइएकोमा २१ वर्षीय राज मण्डलको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतक बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटोल निवासी रहेको प्रहरीले जनाएको छ । सो घटनामा घाइते भएका अर्का मजदुर बहुदरमाई नपा वडा नं.५ पटनी निवासी अमर महतोको नारायणी अस्पताल वीरगंजमा उपचार भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -