वीरगंज, २२ पुष ।
गुणस्तरहीन घ्यु सहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालय समेतबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थितबाट गुणस्तरहीन घ्यु सहित एक जनालाई पक्राउ गरेको हो ।
वीमनपा वडा नं. १६ स्थित आफ्नै घरमा सर्लाही जिल्ला विष्णु गा.पा. वडा नं.८ बत्रौल बस्ने राजेश कुमार रायले संचालन गरेको श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको घ्युहरु बरामद गरिएको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले गुणस्तरहीन घ्यु सहित रायलाई नियन्त्रणमा लिइ नापतौल तथा गुणस्तर कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।
प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
गुणस्तरहीन घ्यु सहित एक पक्राउ

Facebook Comments Box