spot_img
Homeदेशमधेशनक्कली स्टिकर सहित दुई पक्राउ

नक्कली स्टिकर सहित दुई पक्राउ

वीरगंज, १८ पुष ।
आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सडकखण्डबाट उक्त नक्कली स्टिकर सहित दुई जनालाई पक्राउ गरेको हो ।
सुचनाको आधारमा खटिएका प्रहरी टोलीले निगरानी गर्ने क्रममा दुई जना अपरिचित व्यक्तिहरूले प्र.२–०३–००८ प २६६९ नम्बरको मोटरसाईकलमा सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको अवस्थामा निजहरूलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट आन्तरिक राजश्व विभागको ३९ र छाया कपी १ पाना फेला परेको जिप्रकाले जनएको छ ।
स्टिकर सहित पक्राउ परेका बारा जिल्ला विश्रामपुर गाउपालिका वडा नं.५ हाल वीरगंज महानगरपालिका वडा नं.१५ त्रिशुल चोक बस्ने २७ वर्षीय मनिष कुमार साह तेली र २५ वर्षीय रंजन कुमार रामलाई मोसा सहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -