वीरगंज, १४ पुष ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत स्टार्टअप तथा इनोभेसन कमिटी, खल्ती र इजी इट्स ले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी गरेको छ ।
बिहीबार एक कार्यक्रम विच वीरगंजबाट अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिनु भयो ।
महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगंजबाट अभियान थालेको बताइएको छ ।
वीरगंज पब्लिक कलेजबाट शुरु भएको अभियान ४५ शैक्षिक संस्थामा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रविधिको प्रयोगबारे चेतना जगाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको अग्रवालले बताउनु भयो । उद्यमशीलता मार्फत मधेस प्रदेशलाई प्रविधिसंग जोड्ने र यसको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका मधेश प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले बताउनु भयो ।
मधेस विश्व विद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसंगै यसका जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
खल्ती एपका बरुणप्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया, बीपीसी कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ लगायतले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको उल्लेख गरे ।
Facebook Comments Box