वीरगंज, १२ पुष ।
हरवा चरवा अधिकार मंच बहुदरमाइ नगरपालिका कमिटीको बैठक सम्पन्न भएको छ ।
बहुदरमाइ नगरपालिका कमिटीको अध्यक्ष सुरेन्द्र यादवको सभापतित्वमा बार्वामा बसेको बैठकले हरवा चरवाहरुको लगत संकलनको लागी सम्पुर्ण कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारले ल्याएको कमैया ( हरवा चरवा )श्रमिकको पुनरस्थापना कार्यबिधी – २०७९ अनुसार पुनरस्थापनाको काम अबिलम्ब अगाडि बढने भएकोले आ – आफ्नो वडा र पालिका प्रमुखहरू संग समन्वय गरि भुमिका निर्वाह गर्ने निर्णय गरेको आर. डि .एनका जनवकालत अधिकृत रुपनारायन पसवानले बताउनु भयो ।
बैठकमा हरवा चरवा अधिकार मंच पर्साका अध्यक्ष अमरदेव पासवान , जिल्ला सदस्य अकली देबि लगायतको उपस्थित रहेको थियो ।
Facebook Comments Box