वीरगंज, १२ पुष ।
नेपाल राष्ट्र बैंकको चालु पूंजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरको विरोधमा वीरगंज उद्योग वाणिज्य संघले प्रर्दशन गरेको छ ।
नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै संघको नेतृत्वमा उद्योगी व्यवसायीहरुले वीरगंजमा प्रर्दशन गरेका हुन ।
आन्दोलनको विभिन्न चरणको कार्यक्रम पश्चात मंगलवार तेश्रो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजी कर्जा निर्देशिकाको बिरोधमा ब्यानरहरु झुण्ड्याउनुका साथै हातमा कालो पट्टी बांधेर बिरोध जनाएको हो ।
वीरगंज उद्योग वाणिज्य संघबाट अध्यक्ष डा. सुबोध गुप्ताको नेतृत्वमा निकालिएको ¥यालीले वीरगंज नगर परिक्रमा गर्दै स्थानीय पसलेहरुलाई विरोध ब्यानर वितरण, कालो पट्टी बाँध्न अनुरोध गर्दै घण्टाघरमा पुगेर ¥याली समापन गरेको थियो ।
¥याली समापन संगै घण्टाघर चोकमा आयोजित कोणसभामा संघका अध्यक्ष डा. गुप्ताले मुलुक आर्थिक रुपले सङ्कट तर्फ उन्मुख भइरहेको तर्फ संकेत गर्दै शीघ्र चर्को ब्याज दर र चालु पूंजी कर्जाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गर्नु भयो ।
राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धी तथा विभिन्न नीतिगत जटिलताको विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यस अघि संघले पहिलो दिन चर्को ब्याज दर र चालु पूंजी कर्जाको सांकेतिक बिरोध स्वरुप वीरगंज उद्योग बाणिज्य संघको कार्यालय र नेपाल राष्ट्र बैंकको मुख्यद्वार अगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुण्डयाइएको थियो ।
संघले बुधवार नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिने कार्यक्रम रहेको संघका अध्यक्ष डा. गुप्ताले बताउनु भयो ।
Facebook Comments Box