spot_img

खेलकुद विकास समिति पर्साको कार्यालयमा तालाबन्दी

- Advertisement -

वीरगंज, १२ पुष ।
खेलकुद विकास समिति पर्साको कार्यालयमा तालाबन्दी गरिएको छ ।
पर्सा जिल्ला तेक्वान्दो कार्य समितिले राष्ट्रिय खेलकुद परिसदको निर्णयको विरोध गर्दै समितिको पर्सा कार्यालयमा तालाबन्दी गरेको हो ।
संघका पर्सा अध्यक्ष गणेशमान श्रेष्टको नेतृत्वमा रहेका संघका पदाधिकारीहरु वरिष्ट उपाध्यक्ष रमेश मानन्धर, सदस्य राजु साह, हरिनारायण पटेल, तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामा, बारा जिल्लाका अध्यक्ष नन्दु लामा लगायतको सहभागितामा पुगेका टोलीले समितिको कार्यालयमा तालाबन्दी गरेका हुन ।
सोही टोलीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत परिसदको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन ।
राष्ट्रिय खेलकुद परिसद प्रधान कार्यालयले पुष ५ गते नेपाल तेक्वान्दो संघ केन्द्रीय कार्यालयलाई पत्राचार गरी संघ खारेज गरिएको जानकारी गराए पछि संघले यस्तो विरोध गर्ने निर्णय गरे अनुरुप हामिले तालाबन्दी गरेको संघका पर्सा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...