वीरगंज, १० पुष ।
शान्ति सुरक्षाको लागि परिचालित प्रहरीले व्यवसायिक धर्म निर्वाहमा तदारुकता देखाउन नसक्दा पर्सा जिल्ला सदरमुकाम वीरगंजको शान्ति सुरक्षामा गम्भीर चुनौती देखिएको छ ।
प्रत्येक आधा देखि १ किलोमिटरको दुरिमा रहेको प्रहरी पोस्ट, चौकी र मोबाइल गस्ती टोली समेतलाई चुनौती दिंदै जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको एक घरमा चोरी भएको घटना सार्वजनिक भएसंगै प्रहरीको व्यवसायिक प्रतिबद्धता प्रति प्रश्न चिन्ह खडा भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा नजिक करिब ३०–४० मिटरकै दूरीमा रहेको सो घरबाट दिउसै चोरले टिभी, नगद, गर गहना लगायतका सामग्री चोरी गरेर भाग्नु तर प्रहरीले सुइकोसम्म नपाउनुले पर्सा प्रहरी व्यवसायिक धर्मभन्दा अन्यत्र व्यस्त रहेको सहजै अनुमान लगाउन सकिन्छ । वडा प्रहरी कार्यालय श्रीपुरको क्षेत्र रहेको सो घर जिल्ला प्रहरी कार्यालय छेउमै रहेको र अति नै व्यस्त बिहान ११–१२ बजेको समयमा चोरी भएपछि जिल्लाको अन्य क्षेत्रका नागरकिको सुरक्षा अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । घटना सम्बन्धमा वडा प्रहरी कार्यालय प्रमुख संग जिज्ञासा राख्दा उहाले विहिवार चोरी भएको स्वीकार गर्दै हाल सम्म त्यस घटनासंग सम्बन्धित केही प्रगती नभएको बताएका छन । हामी अनुसन्धान गरिरहेका छौं, चांडै चोर पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
Facebook Comments Box