spot_img

“वल्र्ड अफ अण्डर” साहसिक पार्क संचालनमा

- Advertisement -

वीरगंज, १० पुष ।
वीरगंजमा “वल्र्ड अफ अण्डर” साहसिक पार्क संचालनमा आएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १४ स्थित बाईपासमा “वल्र्ड अफ अण्डर” पार्कको आइतबार विधिवत पुजा गरी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरे पछि संचालनमा आएको हो ।
डेढ विघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजावट गरिएको छ ।
पार्कमा जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, ¥यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने व्यवस्थापनले जनाएको छ ।
वीरगंज बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसंगै हटेको पार्कका सञ्चालक सौरभ केडियाको भनाइ छ ।
पाँच जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहु खेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलको अत्याधुनिक सुविधा लिन सकिने केडियाले बताउनु भयो ।
पार्क भित्र खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको संचालकले जनाएका छन् । पार्कको उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बैद्य, सनी अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...