spot_img
Homeदेशमधेशपूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

धनुषा, ९ पुस (रासस)
पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ ।
उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उहाँ साँझ ग·ा सागरमा दैनिक आयोजना हुने महाग·ा आरतीमा सहभागी हुनुभएको थियो । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै हुनुहुन्थ्यो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -