कर्णाली, ८ पुस (रासस)
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ, उहाँले भन्नुभयो, यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभयो ।
साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो ।
गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उहाँले जनाउनुभयो ।
प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्, महासचिव पोखरलले भन्नुभयो, यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उहाँले जनाउनुभयो । नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडाले राजनीतिक सङ्कट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
साथै लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताउनुभयो । साथै महासंंघका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताउनुभयो ।
पूर्व सभापतिद्वयले साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, सुर्खेतका माया थापाले रु २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार स·ठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिका–राष्ट्रपति
Facebook Comments Box