नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर राजनीतिज्ञको रूपमा विश्लेषण गर्नेहरूको जमात पनि ठूलो सङ्ख्यामा छ । खासगरी लोकतान्त्रिक कित्ता र कतिपय वाम बुद्धिजीवी एवं विश्लेषकहरू पनि उनलाई यसै रूपमा हेर्ने गर्दछन् तर अध्यक्ष प्रचण्ड भने अस्थिर राजनीतिज्ञको सट्टा आपूmलाई गतिशील राजनीतिज्ञको रूपमा व्याख्या गर्ने गर्दछन् अथवा दाबी गर्दछन् । उपरोक्त विषयबारे बहस र छलफल हुूदै गर्ला तर देशको अहिलेको सड्ढटपूर्ण राजनीतिक अवस्थामा एकपटक फेरि पनि उनको भूमिका निर्णायक र महŒवपूर्ण साबित हुन सक्दछ । अस्तित्वमा रहेको सत्ताधारी गठबन्धनलाई निरन्तरता दिएर देशमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको बाटोमा लाग्ने भूमिका निर्वाह गर्न सक्दछन् । एकपटक फेरि उनलाई कि·मेकर बन्ने साइत जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई निरन्तरता दिएर उनी आप्mनो राजनीतिक उचाइ बढाउन सक्छन् ।२०६४ सालको निर्वाचनमा माओवादीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाएपछि गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका प्रचण्ड अहिले सत्ता गठबन्धनको साथमा छन् र गठबन्धनमा उनको पार्टीको भूमिका दोस्रो ठूलो दलको रूपमा रहेको छ । अहिलेको सत्ता गठबन्धनले निरन्तरता पाएको हेर्न नचाहने तथा परिवर्तन र लोकतन्त्रका विरोधी पक्ष्“हरूले सत्ताधारी गठबन्धन विरुद्ध दुष्प्रचार गर्न लगाएका छन् । केहीले प्रधानमन्त्रीको पद नपाएको अवस्थामा गठबन्धन छोड्न सक्ने अनुमान गरिरहेका छन् तर यसको सम्भावना देखिंदैन किनभने मङ्सिर ४ गते भएको आम निर्वाचन र गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी लाभान्वित माओवादी केन्द्र नै भएको छ । कथम्कदाचित गत वर्षको फागुन महीनामैं ओली सरकारले प्रतिनिधिसभा निर्वाचन गराएको भए नेकपा माओवादी झन्डै सिद्धिने थियो । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले त सम्पूर्ण संयन्त्रको दुरुपयोग गरेर आप्mनो पार्टीलाई दुईतिहाई बहुमत दिलाउने योजना बनाएका थिए । यसको सोझो असर माओवादीमाथि नै पर्ने थियो । त्यतिबेला एमालेले माओवादीका प्रभावशाली नेताहरू रामबहादुर थापा र लेखराज भट्टलगायत आधा दर्जन आप्mनो पार्टीमा प्रवेश गराएका थिए । माओवादीका गाउू(गाउूका नेता र कार्यकर्तालाई एमालेले नै आप्mनो पार्टीमा प्रवेश गराएको थियो । त्यति बेला नेपाली काङ्ग्रेसले सहयोग गरी सर्वोच्च अदालतमा सहभागी नभएको भए, सडक आन्दोलन नगरेको भए माओवादीलाई झन्डै झन्डै सिध्याउने काम भइसकेको थियो ।वर्तमान अवस्थामा नेपाली राजनीतिको अस्थिर चरित्रलाई सुधार गर्न र देशमा राजनीतिक स्थायित्व कायम गर्न पनि हालको सत्ताधारी गठबन्धन कायमै रहनु आवश्यक छ । माओवादी अध्यक्ष प्रचण्ड स्वयंले पनि निर्वाचन अघि वाम लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि कायम नै राख्ने बताउूदै आएका थिए । उनले गठबन्धन कायम राख्ने नेपाली काङ्ग्रेसको निर्णयको पनि स्वागत गरेका थिए । आप्mनो वक्तव्यमा उनले काङ्ग्रेसले गरेको निर्णयको प्रशंसा गर्दै आप्mनो पार्टीले पनि वर्तमान गठबन्धनसूग नै जाने निर्णय गरेको भन्दै यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्र“े कहीं कतै सोच नभएको भनेका थिए । बाबुरामजी पनि यसै गठबन्धनमा छन् तसर्थ यो गठबन्धन कुनै हालतमा छोडिंदैन भनेका थिए ।उनले यस अघि नै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिगामी कदम चालेको र त्यसविरुद्ध गठबन्धन बनाइएकोले अहिलेको गठबन्धनको विकल्प नभएको बताउूदै आएका छन् । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले असंवैधानिकरूपमा संसद् विघटन गरेपछि प्रचण्डकै पहलमा अहिलेको गठबन्धन बनेको थियो । गठबन्धनको औचित्य प्रस्ट पार्दै उनले नेकपा एमालेसूग पार्टी एकता गर्नु वस्तुतः सही भए पनि केपीशर्मा ओली र उनको गुटमा देखापरेको अहड्ढार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको हो । ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने सरकारलाई आपूmनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूूजीवाद हुर्काउने साधनको रूपमा दुरुपयोग गरेको सङ्घीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको कारण हामीले गठबन्धन बनाएका हौं भनेका थिए ।ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरङ्कुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रस्ट हुूदै गएकोले ओलीसूग मिल्न सक्ने कुनै सम्भावना नरहेको पनि प्रस्ट पारेका थिए । राष्टूपति विद्यादेवी भण्डारीले पनि ओलीले गरेका असंवैधानिक कदमलाई आूखा चिम्लेर समर्थन गरेकोमा उनी रुष्ट थिए । संविधानको रक्ष्“ा, लोकतन्त्रको संस्थागत विकास, सङ्घीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्णरूपमा परास्त गर्न र शान्ति प्रक्रियाको बाूकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकोले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका थिए ।
यसरी गठबन्धनको विकल्प नभएको बताउने प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीले विभिन्न अफर देखाएर आपूmतिर तान्ने प्रयास गरिरहेका छन् । तर प्रचण्ड भने आपूmले विगतमा गरेका गल्तीहरूलाई स्वीकार गर्नुको साटो ओली आत्मकेन्द्रित भएको टिप्पणी गर्दै विश्वास गर्न नसकिने बताउूदै आएका छन् । नेकपा माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षलाई तथानाम आरोपित गर्ने र त्यसको अवमूल्यन गर्ने काम ओलीले नै गर्दै आएका थिए ।
२०७२ सालमा पनि ओलीले आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको र अन्तिममा धोका दिएको र २०७७ सालमा पनि प्रचण्डलाई धोका दिंदै संसद् विघटन गरेको तीतो यथार्थ प्रचण्डले भरसक बिर्सेका छैनन् । यतिका बावजूद प्रचण्डले ओलीसित तालमेल गरी नयाू सरकार बनाउने प्रयास गरे त्यो उनको निम्ति आत्मघाती कदम हुनेछ ।
वर्तमान राजनीतिक परिस्थितिमा यसै गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन । विगतमा पनि नेपाली काङ्ग्रेसले सहमति अनुसार २०७३ सालमा प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गरेको उदाहरण छूदैछ । प्रचण्डलाई २०७२ सालमा ओलीले धोका दिएपछि काङ्ग्रेसले नै सहारा दिएको थियो । त्यतिबेला देउवाले सहमति अनुसार नै प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाएका थिए । अहिले पनि नेपाली काङ्ग्रेसित तालमेल गरेर शुरूमा आधा कार्यकाल शेरबहादुर देउवालाई र पछिको आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी सहमतीय सरकारको गठन हुन सक्दछ । यसरी अहिलेको गठबन्धन पनि अस्तित्वमा रहि रहने छ र देशमा राजनीतिक स्थायित्व पनि कायम रहने छ । प्रचण्डमाथि लाग्दै आएको अस्थिर चरित्रका राजनीतिज्ञको आरोप पनि सधैंका निम्ति समाप्त हुनेछ । अहिले पनि पहिले देउवालाई प्रधानमन्त्री बन्न दिने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्दै मुलुक र जनताको हितमा काम हुन सक्नेछ । साथै जनताले दिएको मतादेश अथवा जनादेशको सम्मान पनि हुनेछ । यस्तो भएमा प्रचण्डको पनि राजनीतिक सफलता मानिने छ । जनता पनि आपूm ठगिएको महसूस गर्ने छैन । कहिल्यै कम्युनिस्टलाई मत दिन नसक्ने लोकतन्त्रवादीहरूले पनि गठबन्धनको कारण माओवादीलगायत वामपन्थीलाई यसपालि मतदान गरेका छन् । यसर्थ जनताको भावना, चाहना र मतादेशको सम्मान हुनुपर्छ । प्रचण्ड आप्mनो विश्वसनीयता कायम राख्नेछन् किनभने उनी सम्मानित राष्टूनेता हुन् ।
सत्ताधारी गठबन्धनका नेताहरू अनुभवी, परिपक्व र जिम्मेवार पनि छन् तसर्थ नयाू सरकार गठनमा समस्या उत्पन्न नहुने निश्चित छ ।
नेपाली जनताले पाूच वर्ष अघि वामपन्थी गठबन्धनलाई झन्डै दुईतिहाई बहुमत प्रदान गरी देशमा राजनीतिक स्थायित्व नै चाहेको थियो तर दुर्भाग्य त्यस जनादेशको सम्मान हुन सकेन । यसपटक पनि नेपाली जनताले गठबन्धन सरकारकै लागि सामान्य बहुमत दिएको छ, तसर्थ यस जनादेशको सम्मान हुनुपर्छ । प्रत्येक वर्ष सरकारको नेतृत्व फेरिइरहने अवस्थाबाट जनता दिक्क भइसकेको छ ।
गठबन्धन सरकारको निरन्तरतामा प्रचण्डको अहम् भूमिका
Facebook Comments Box