वीरगंज, ०७ पुष ।
नेपाल बार एसोसिएसन रौतहटले ६७ औ स्थापना दिवस मनायो ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशन रौतहटले ६७औं स्थापना दिवसकोे अवसरमा चियापान कार्यक्रम गरेको छ ।
रौतहट बारका अध्यक्ष नन्दकिशोर साहको सभापतित्वमा शुभकामना आदान–प्रदान तथा चियापान गरी स्थापना दिवस मनाएको हो ।
सो अवसरमा अध्यक्ष साहले स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बार कृयाशिल रहेको बताउनु भयो ।
कार्यक्रममा रौतहट जिल्ला अदालतको मुख्य न्यायाधीश मातृकाप्रसाद मरासिनी, न्यायाधीश बाबुकाजी बानियां, न्यायाधीश केदारनाथ पौडेल, न्यायाधीश गजेन्द्रनारायण पन्त, नेपाल बार एसोसिएसन रौतहटका सचिव रमेश यादव, पुर्व सचिव सुरेश तिवारी, अधिवक्ता शान्तिप्रसाद सुवेदी, अधिवक्ता महमद मजरुल हक लगायतका कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box