वीरगंज, ०६ पुष ।
विजुली करेन्ट लगाएर महिलाको हत्या गर्ने श्रीमान् र देवरलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २७ जसौलीमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवरलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
बुधवार विहान साढे ५ बजे जसौली स्थित सडकमा एक जना अधवैसे महिला रगत पक्ष भएर लडीरहेको जानकारी प्राप्त भए पछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट तत्कालै प्रहरी पठाई वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि.डिल्लीराज सापकोटा, जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.मनोज कुमार यादव समेतको अनुसन्धान अधिकृतको टोली घट्ना स्थल पुगेका थिए ।
घट्ना स्थल पुगेका प्रहरी टोलीले अनुसन्धानको क्रममा कुशल दासको घर अगाडी रहेको कच्ची बाटो किनारामा टाउको किचिएको अवस्थामा फेला परेकी महिला निजकी ३० वर्षीया श्रीमती रिंकु कुमारी रहेको खुले पछि मृतकको श्रीमान कुशल दास समेतसंग प्रारम्भिक अनुसन्धान गरी मृतक लासको जाँच गर्दा हत्केलामा करेन्ट लागे जस्तो पोलेको दाग देखिए पछि थप अनुसन्धानमा जुटेका प्रहरीले कुशल दासले नै आफ्नी श्रीमती पर–पुरूषसंग लागेको शंकामा हत्या गरेको खुले पछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अनुसन्धानको क्रममा श्रीमती माथि शंका गरेर श्रीमान कुशलले मंगलवार मध्यराती श्रीमती रिंकुलाई करेन्ट प्रवाह भएको बिजुलीको नांगो तारले वाया हातमा करेन्ट लगाएर हत्या गरी आफ्नो सहोदर भाई २८ वर्षीय भरत दासलाई बोलाएर सर–सलाह गरी भरत दासले चलाउने ना.३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो गाडी ल्याएर मृतकलाई वाहिर निकाली टाउको किचेर गाडी लुकाएको बुझिन आए पछि कुशल दास सहित भरत दासलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई खोज तलासको क्रममा वी.म.न.पा.वडा नं.१७ अलौ स्थित शिवम ह्याचरीभित्र राखिएको अवस्थामा फेला पारी बरामद गरिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
करेन्ट लगाएर महिला हत्या गर्ने श्रीमान् र देवर पक्राउ

Facebook Comments Box