वीरगंज, ०६ पुष ।
पर्सा जिल्ला बिन्दवासिनी गाउपालिका स्थित बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.मा आगलागी हुंदा करोडौको क्षती भएको छ ।
बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिजमा मंगलवार राती अं. ११ः४५ बजे को समयमा भएको आगलागीबाट करोडौको क्षती भएको व्यवस्थापन पक्षले दावी गरेको हो ।
बिन्दवासिनी गाउपालिका वडा नं.२ गर्दौल स्थित रहेको कार्टुन बनाउने बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिजमा आगोलाग्दा उद्योगमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुन लगायतका सामानहरु जलेर नस्ट भएको ब्यवस्थापन पक्षलाई उदत गर्दै प्रहरीले जनाएको छ ।
उक्त उद्योगमा लागेको आगो वीरगज महानगरपालिकाको २ वटा दमकल, पोखरिया नगरपालिकाको १ दमकल, विपत व्यवस्थापन गुल्म पर्साको १ दमकल सहित प्रहरी टोली तथा सशस्त्र प्रहरी वेश क्याम्प बहुअर्वाभठ्ठाको संयुक्त प्रहरी टोलीको सकृयतामा निभाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले के कसरी आगोलागी भएको हो र के कति धनमालको आगलागीबाट क्षति भएको भन्ने सम्बन्धमा थप अनुसन्धान भइ रहेको जनाएको छ ।
Facebook Comments Box