वीरगंज, ०१ पुष ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रानिघाट स्थित गोदामहरुबाट छापामारी गरी नियन्त्रणमा लिएको चामल तथा अन्य सामाग्रीहरू भन्सार बुझाएको छ ।
संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. ११ रानिघाट स्थित बिहिवार चार गोदाममा छापामारी गरी नियन्त्रणमा लिएको भन्सार छली गरी ल्याइएका चामल सहित अन्य सामग्रीहरु कारवाहीको लागी शुक्रवार भन्सारमा बुझाएको हो ।
बिहिवार जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं.१३ गण पर्साबाट खटिएको संयुक्त टोलीले वीमनपा वडा नं.११ रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहको गोदामहरूमा खानतलासी गर्दा चामल २८१ क्वीन्टल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरी रु.२१ लाख १६ हजार ४ सय बराबरका सामाग्रीहरू नियन्त्रणमा लिएको थियो ।
उक्त सामग्रीहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box