वीरगंज, ०१ पुष ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औ साधारण सम्पन्न भएको छ ।
शाखाकै सभाहलमा आयोजित साधारण सभाले महासंघको संगाठनिक र आर्थिक प्रतिवेदन सर्वसहमत पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाको नेपाल पत्रकार महासंघका केन्दीय सचिव दिपेन्द्र चौहानले उद्घाटन गर्दै पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु थपिएको हुंदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनु भयो ।
महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा आयोजित साधारणसभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका उद्घाटन कार्यक्रमको सहजीकरण महासंघ पर्साका सचिव भुषण यादवले गरेका थिए ।
उद्घाटन सत्र पश्चात शुक्रवार नै भएको बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन माथिको छलफलमा फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चौहान, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, पर्सा अध्यक्ष मनोज पटेल, प्रेस चौतारी पर्साका उपाध्यक्ष विजय भण्डारी, प्रेस युनियनका क्रान्ति साह लगायतले आ–आफ्ना सल्लाह, सुझाव र जिज्ञासा व्यक्त गरेका थिए ।
बन्द सत्रमा प्रतिवेदन माथि बृहत छलफलपछि सल्लाह, सुझावसहित सर्वसहमतले प्रतिवेदन पारित भएको बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य कमहासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जाराले जानकारी दिनु भयो ।
Facebook Comments Box