spot_img

‘प्रसाद २’ को छायाङ्कन सुरु

- Advertisement -

काठमाडौँ, २९ मङ्सिर (रासस)
फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ ।
माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो ।
“डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिनुभयो । उहाँ दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा हुनुहुन्छ ।
एस.जी. फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै हुनुहुन्छ । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ ।
यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेख्नुभएको हो । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलकारूपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताउनुभयो । “दुईको प्रेम र त्यसले निम्त्याउने संघर्षलाई फिल्ममा देखाइनेछ”, लेखक पौडेलले भन्नुभयो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...