सहारा दैनिक

spot_img
Homeसमाचारबस दुर्घटनामा १७ को मृत्यु

बस दुर्घटनामा १७ को मृत्यु

काठमाडौं, २७ मंसिर ।
काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।
घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउन समेत गृहमन्त्रीले निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए । साभार–अनलाईखबरडटकम

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -