वीरगंज, २७ मंसिर ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संग वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले छलफल गरेका छन् ।
संघकै सभाकक्षमा भएको छलफलका क्रममा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले पर्सा र बारा जिल्लामा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।
उहाले सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, औद्योगिक सुरक्षा बलको पुनस्र्थापना हुनुपर्ने, वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगंजमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयहरुमा महानिरिक्ष द्वयको ध्यानाकर्षण गराउनु भयो ।
सो अवसरमा प्रहरी महानिरीक्षकद्वयले वीउवासंघद्वारा उठाइएका विषयवस्तुहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताउनु भयो ।
उहाहरुले वीरगंज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी स·ठन प्रतिबद्ध रहेको बताउदै व्यवहारिक कठिनाईहरुलाई निरुपण गर्न आ–आफ्ना मातहतका अधिकृतहरुलाई निर्देशन दिई सकेको बताउनुभयो ।
कार्यक्रममा वीउवासंघका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्य हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरु·, प्रहरी अधिकृतहरु, संघका महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box