वीरगंज, २७ मंसिर ।
सशस्त्र प्रहरी बलले धनुषा जिल्ला विदेह नगरपालिका स्थित सिमा क्षेत्रबाट श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख सप्रनामनि गनेश बहादुर ठाडामगरको विषेश सुचनाको आधारमा खटिएको संयुक्त टोलीले विदेह नपा वडा नं. ९ ईटहर्वा स्थित सिमा क्षेत्रबाट श्रोत नखुलेको रु. २४ लाख १७ हजार नगत सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा प्रदेश–२–०२००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्यान्की भित्र लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा रु २४ लाख १७ हजार रकम सहित भारत जिल्ला मधुवनी मगपट्टि–१ मन्दिर विसौलबस्ने २३ वर्षीय उमेश कुमारलाई सुचनाको आधारमा खटिएका नं. २ छिन्नमस्ता बाहिनी, नं. ७ गण हे.क्वा. धनुषा र विओपि धनौजीबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरिएको नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।
श्रोत नखुलेको रकम सहित एक पक्राउ

Facebook Comments Box