वीरगंज, २५ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंज स्वास्थ्य चौकीमा “मेयर घरदैलो स्वास्थ्य शिविर” शुरु भएको छ ।
विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य शिविर” वडा नं. २० मा आइतवार देखि सञ्चालन भएको हो ।
शिविरमा पहिलो दिन ५४ जना महिला सहित १ सय ४ जना स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरको सल्लाह र आवश्यकता अनुसार १५ जनाले ल्याब सेवा समेत लिएको वीमनपाले जनाएको छ ।
बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको वीरगंज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले जानकारी दिए ।
Facebook Comments Box