सहारा दैनिक

spot_img
Homeदेशमधेशस्व. सर्राफको १० औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जलीसभा ः वीमनपाका मेयर सिंहद्वारा...

स्व. सर्राफको १० औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जलीसभा ः वीमनपाका मेयर सिंहद्वारा ५ लाख उपलब्ध गराउने घोषणा

वीरगंज, २५ मंसिर ।
ह्दयघातबाट अल्पायु मै निधन भएका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
स्व. पत्रकार सर्राफको १० औं दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै वीरगंज महानगरका मेयर राजेशमान सिंहले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
समाजवादी प्रेस संगठन पर्सा र रेडियो वीरगंजले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा मेयर सिंहले स्व. पत्रकार सर्राफको ७ बर्षीय छोरी श्रेया सर्राफको नामले वीरगंज महानगरपालिकाले रु ५ लाख रुपैयां फिक्स डिपोजिट गरिदिने वताए ।
साथै उनले स्व. पत्रकार सर्राफको नामले स्थापना हुने अक्षय कोषमा महानगरले रु १० लाख सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
सर्राफको निधनले पर्सेली पत्रकारिता जगतमा कमी महशुस गराएको भन्दै मेयर सिंहले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढाउने व्यवस्था मिलाउने पनि बताए ।
सोही कार्यक्रममा स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगंजले रु १ लाख र समाजवादी प्रेस संगठनले रु १ लाख एक हजार सहयोग गरेको छ । श्रद्धाञ्जलीसभा मै दुबै संस्थाले स्वर्गिय पत्रकार सर्राफको छोरी श्रेया सर्राफको नामले सहयोग रकम बराबरको एकाउन्ट पेयी चेक हस्तान्तरण गरेको छ ।
त्यसै गरी भूमी आयोग पर्साका अध्यक्ष एवं जसपा पर्साका सचिव तबरेज अहमदले स्वर्गीय सर्राफको स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम रु ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहको सभापतित्वमा आयोजित श्रद्धाञ्जलीसभामा संविधानसभा सदस्य एवं एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र साह, मधेश प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका युवा नेता राकेश यादव, युवा नेता ओमप्रकाश सर्राफ, धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -