spot_img

पत्रकार स्व. सर्राफ प्रति श्रद्धाञ्जली अर्पण



वीरगंज, १९ मंसिर ।
हिन्दु स्वमसेवक संघ पर्साद्वारा आयोजित एक कार्यक्रम विच पत्रकार स्व. नरेश सर्राफ प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
संघको कार्यालय केशव धाम वीरगंजमा आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले पत्रकार सर्राफको असामयिक निधनले पत्रकारिता क्षेत्रको साथ साथै हिन्दु स्वयम् सेवक संघको लागि ठूलो क्षति पुगेको वताएका छन् ।
सभामा पत्रकार स्व. सर्राफको जिवनको बारेमा बर्णन गर्दै वक्ताहरुले उनी असल, सालिन र इमान्दार व्यक्ति भएको वताउदै पत्रकारिता क्षेत्रमा अलग पहिचान बनाएका सर्राफले धर्म संस्कृती रक्षा र संरक्षणको लागि पनि अतुल्निय काम गरेको वताएका छन ।
उनको निधनले मधेश प्रदेश कै पत्रकारिता क्षेत्रमा अपुर्णीय क्षति पुगे जस्तो संघको लागि पनि ठूलो क्षति पुगेको वक्ताहरुको भनाई थियो ।
नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा ह्दयघात भएर निधन भएको थियो । उनी हिन्दु स्वमसेवक संघ पर्साका जिल्ला प्रचार प्रमुख समेत रहेका थिए ।
विभाग संघचालक ललन द्विवेदीको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज कुमार पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, पत्रकार एसके चौरसिया, युवा नेता राकेश यादवले स्व. पत्रकार सर्राफको जिवनको बारेमा बर्णन गरेका थिए भने कार्यक्रमको संचालन संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले गरेका थिए ।
कार्यक्रममा सहभागि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष बैजु स्वर्णकार, विश्व हिन्दु परिषद नेपालका मार्ग दर्शक मण्डलका सदस्य सरौभनाथ बाबा, हिन्दु स्वयम् सेवक संघका संभाग कार्यवाहक रंजित साह, स्व. सर्राफका काका जोगेन्द्र सर्राफ, ओमप्रकाश सर्राफ लगायतकाले श्रद्धान्जली अर्पण गरेका थिए ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर