वीरगंज, १८ मंसिर ।
३१ औं अन्तर्राष्ट्रिय अपा·ता दिवसको अवसरमा लायन्स क्लब ईन्टरनेशनलद्वारा दृष्टिबिहिन विद्यार्थीहरुलाई स्टेशनरी तथा विभिन्न सहायक सामग्री वितरण गरिएको छ ।
काबेरी एकेडेमी परिसर वीरगंजमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, सेन्ट्रल र मिलेनियम एमजेएफको सहकार्यमा आईज नेपाल फाउण्डेशनका दृष्टिबिहिन विद्यार्थीहरुलाई विभिन्न स्टेशनरी, रेडियो, बोल्ने घडी, हेडफोन, एल स्टिक लगायतका सहायक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठ, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, प्रथम भ्वाइस डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, वीरगंज महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रमेश यादव, काबेरी एकेडेमीका संस्थापक श्याम तुल्सयान, लायन्स क्लबकी डिष्ट्रिक्ट डेपुटी चीफ लायन आशा अग्रवाल, लायन बासु तिमिल्सिना, एरिया चिफ लायन रिकेश साह, लायन सुनिता अग्रवाल लगायतले दृष्टिबिहिन विद्यार्थीहरुलाई स्टेशनरी तथा विभिन्न सहायक सामग्री वितरण गरेका हुन ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रलकी अध्यक्ष लायन कविता हलानको सभापतित्वमा आयोजित कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी अध्यक्ष लायन आयुषी तुल्सयानले गरेकी थिइन् ।
Facebook Comments Box