वीरगंज, १८ मंसिर ।
सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजमा एक दिने खाना महोत्सवको आयोजना गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर स्थित विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययनरत विद्यार्थीहरुले नेपालका विभिन्न समुदायहरुमा खाने गरिएको परम्परागत खानाका विभिन्न परीकारहरु बनाएर खाना महोत्सवमा प्रस्तुत गरेका थिए ।
खाना महोत्सवमा विद्यार्थीहरुले मारवाडी समुदाय, पहाडी समुदाय, मधेसी समुदाय र थारु समुदायका विभिन्न परम्परागत खानाका परिकारहरु बनाएर शिक्षक, शिक्षिका, अभिभावक सहित अतिथिहरुलाई खुवाएका छन ।
विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटित गर्न र व्यवहारिक ज्ञानलाई महत्व दिन एक दिने खाना महोत्सव आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल आश्मा सिंह यादवले बताइन ।
कार्यक्रममा विद्यालयका संस्थापक मनोज यादव, वरिष्ठ सौन्दर्यकर्मी गुड्डी जोशी, वरिष्ठ समाजसेवी मिना देवी टिबडेवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य विजय कुशवाहा, थारु पत्रकार संघ पर्साका सचिव दिपेन्द्र चौधरी, मेडीकल क्षेत्रका बजार प्रतिनिधि रुपनारायण चौधरी लगायत विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments Box