सहारा दैनिक

spot_img
Homeदेशमधेशछुट्ट–छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

छुट्ट–छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

वीरगंज, १४ मंसिर ।
छुट्ट–छुट्टै सवारी दुर्घटनाबाट पर्सा जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २५ स्थित चण्डालचोक र सखुवाप्रसौनी गाउपालिका वडा नं. ५ स्थित भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. २५ स्थित चण्डालचोक सडकखण्डमा बहुअरीबाट क्ष्ऋए गेटतर्फ जाँदै गरेको ना.३ ख ६०७५ नम्बरको ट्रकले बुधवार बेलुका साढे ४ बजे ठक्कर दिंदा साईकल यात्री वीमनपा वडा नं.२४ बहुअरीका ७० वर्षीय वृद्ध रूपा राउत कुर्मीको मृत्यु भएको प्रहरी जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका वृद्ध कुर्मीलाई उपचारको लागी नारायणी अस्पताल वीरगंजमा पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ठक्कर दिने ट्रक तथा चालक वीमनपा वडा नं.२२ जगरनाथपुर बस्ने वर्ष २५ को छोटु कुमार कुशवाहालाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी मंगलवार राती करिव ९ बजेको समयमा सखुवा प्रसौनी गाउपालिका वडा नं.५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवनतर्फ जांदै गरेको नम्बर नखुलेको ट्याक्टरले महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जांदै गरेको ४५ वर्षीय तपसी साह कानुको घट्ना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका वडा नं.८ रामनगरी बस्ने कानुको मृत्यु भएको हो ।
घट्ना बारे जानकारी प्राप्त हुन साथ तत्कालै ई.प्र.का. पोखरीयाबाट प्र.नि. आयुश जोशीको कमाण्डमा खटीएको टोलीले दुर्घटना पश्चात चालकले ट्याक्टर लिई फरार रहेको हुंदा तत्कालै खोजतलास गर्दा धुलो माटोले अल्फावेट मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर नियन्त्रण लिईएको जिप्रका पर्साले जनाएको छ । दुर्घटना पश्चात चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -