सहारा दैनिक

spot_img
Homeसमाचारउत्तरीनाका बन्द हुदाँको पीडा

उत्तरीनाका बन्द हुदाँको पीडा

श्रीमन नारायण
शुरुमा भूकम्पका बहानामा र विगत तीनवर्ष देखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसित जोडिएका नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ति क्षेत्रका स्थानीयको रोजगारी गुम्नुका साथै चिनिया बाटो हुदै आउने खाद्यान्न पनि रोकिएको छ । जडीबुटीको र कृषिउपजको व्यपार पनि ठप्प भएको छ । यस्ता सम्सया प्राय सबै जसो सिमा वर्ति जिल्लामा रहेको पाइन्छ । यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक पटक आग्रह गरिएको भएपनि चीनले टेर पुच्छर लगाएको छैन । एक प्रकारले चीनले नेपाल प्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । केरुङ्ग र खासा नाकालाई पूर्ण रुपमा सन्चालनमा ल्याउन नेपाली पक्षबाट बारम्बार आग्रह भएको देखिन्छ तर चीनबनट जवाफ मात्र सकारात्मक आउने तर व्यवहार चाही विपरीत देखिदा नेपाल दुःखी हुन स्वभाविक हो । नेपालको राष्टूपति विद्यादेवी भण्डारीले चिनिया जन काँग्रेस अध्यक्ष लीलाई भदौ २९ मा ती नाका पूर्ण रुपमा खोल्न आग्रह गर्ने अवस्था आउनु दुखद हो । उत्तरी नाका बन्द हुदाँ नेपाली जनताले अनेकौ पिडा भोगिराख्नु परेको छ । अवश्था तातोपानी र केरुङ्ग नाकाको पनि दुःखद नै रहेको छ । त्यो पनि निर्वाध रुपमा संचालनमा आएको छैन ।
२०७२ असोज ३ मा संविधान सभाको बहुमतबाट संविधान जारी हुदाँ त्यसवाट असन्तुस्त मधेसी दलहरुले केही महिनाको निम्ति दक्षिणी सीमा नाकाकम धर्ना बसी नाकालाई अवरुद्ध पार्दा देशमा समस्या देखिएको थियो । भारतसितको नाकामाथि अब हाम्रो निर्भरता रहने छैन भने दाबी गर्दे तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले चीनसंग ऐतिहासिक पारबहन यातायात सम्झौता गरे । त्यो सम्झौता सन् २०१९ मा राष्टूपति सी चिनफिंगको नेपाल भ्रमणका बेला उनले नेपाल भुपरिबेस्ठितबाट भूजडित राष्टू भएको भनेका थिए । सिद्धान्ततः यो हो पनि तर सम्झौताका पाँच वर्ष र सी भ्रमणका तीन वर्ष पूरा भए पनि ब्यबहारत पारवाहन सम्झौता कार्यन्वयनमा आएको छैन ।
ओली फेरि सत्तामा आएपछि सन २०२१ मा ७ वटा सामुद्रिक र सुक्खा बन्दरगाह नेपालले प्रयोग गर्ने प्रोटोकलमा हस्ताक्षर पनि भयो तर ती कार्यान्वयन हुनुको सटा नेपाल चीन जोडने दुई व्यपारिक नाका रसुवागढी केरुङ्ग र तोतोपानी खासा समेत पूर्ण रुपमा सन्चालनमा आएको छैनन । एक प्रकारले चीनले नेपाल प्रति अघोसित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । एमाले अध्यक्ष ओलीले पनि ती नाका पूर्ण रुपमा खोल्न, यातायात पारवहन सम्झौता कार्यान्वयन गर्न र बीआरआई अन्तरगतका परियोजना पहिचान सहित अघि बढन आग्रह गरेकोमा ली ले जावाफ सकारात्मक दिए तर त्यो कार्यान्वयनमा आएन । चिनिया नेताहरुसंगको दुईपक्षीय वार्तामा नेपालको आग्रह पश्चात अथवा नेपालका नेताको चीन भ्रमण हुदा र चिनिया नेताको नेपाल भ्रमण हुदाा दुई चार दिनका लागी नाकाको सन्चालन हुन्छ तर अस्थायी प्रकृतिका सो सन्चालन दुई चार दिनमै बन्द हुन पुग्छ ।
चीनले नेपाल प्रति किन उदारता प्रदर्शन गर्न नसकेको भन्ने गम्भीर प्रश्न मात्र होइन, आक्षेप नै हो । कोरोना महामारी नियन्त्रण सफल उदाहरण बनेको, विश्वलाई खोप वितरण गरेको एवं विश्वलाई ऋण र आर्थिक सहयोग दिन सक्षम चीनले कोरोना देखाएर शान्त र स्वाधीन नेपालसंग चालु रहेको ती व्यपारिक नाकाबन्द गरिरहनु उचित भएन । नेपाल आउने सामान बोकेका सयाँै कन्टेनर सामान नाकामा महिनौ रोक्ने, नेपाल सरकारको उच्ततहबाट खोलिदिन आग्रह गरेपछि केही समय खोल्ने वा अन्य तहवाट अधिकारीको नेपाल भ्रमण अघि र पछि खोल्ने गर्दा नेपालमा चीनप्रति नागरिकको विश्वास कमजोर भएको छ । जब केरुङ्ग र खासा नाका नै पूर्ण रुपमा सन्चालनमा छैनन, नेपाल र चीनबिच सहमति भएको हिमालय पार बहुआयामिक सम्पर्क सन्जाल कहिले कार्यान्वयन आउछ ? कोसी, गण्डकी र कर्णाली कोरिडोर त झन टाढाको कुरा ।
हुम्लाबाट मात्रै बसैनि झण्डै ५ हजार युवा मजदुरीका लागि तिब्तको ताक्लाफाँट जाने गर्दथे । त्यहाँ उनीहरु ऊन केलाउने, ईटाँ बोक्ने, भारी बोक्ने, गाडीमा सामान लोड अनलोड गर्ने लगायतका उनको कमाई महिनामै एक लाख सम्म पुग्ने गर्दथ्यो । नाका बन्द भएका कारण ति युवा नेपालीलाई अहिले त परिवार पाल्न पनि मुश्किल भईरहेको छ । ताक्लाकोट जान नपाए पछि कर्जा लिएर जिविका चलाउनु परेको छ । हुम्ला मात्रै होइन मुगु, डोल्पा र हिमाली भेगमा अन्य सीमावर्ति जिल्लाको अवस्था पनि यस्तै रहेको छ । मुगुका स्थानीय वासिन्दा गलैचा, छाला, बाँस विभिन्न हस्तकलाका सामानसंगै मह, घ्यू र छुर्पी , खुर्सानी लगायत कृषि उपज केच्न ताक्लाकोट पुग्थे । उत्तरबाट फर्कनेबेलामा वर्ष भरि पुग्ने खाद्यान्न र लत्ताकपडा पनि लिएर आउथे । हुम्लाबाट वर्षनी पाँच हजार युवा मजदुरीका लागि ताम्लाकोट जाने गर्दथे तर कोरोना महामारीको नाममा नाका बन्द गरिएको कारण ति युवाहरु अहिले बेरोजगार भएका छन । ताक्लाकोट र मुगु चीन सीमास्थित हयाजिमारमा लाग्दै आएको तिब्बती हाट बजारमा नेपालीहरुले आफनो उत्पादन बेचने र त्यहाबाट साद्यान्न, कपडा लत्ता र उपभोग्य सामान ल्याउने गर्दथे तर अहिले ५।६ दिन हिडेर जिल्लासदरमुकाम पुग्नु भन्दा स्थानीय स्तरमा जे पाइन्छ त्यही खाएर जिविको पार्जन गरिरहेको हुन । नाका बन्द हुदाँ हिलसाका ३५ पर्यटकीय होटल बन्द भएका छन । मानसरोवर कौलास जाने भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गर्न थाले पछि हुम्लाका व्यवसायीले होटलमा लगानी गरेका थिए । त्यहा ५० लाखदेखि २ करोड सम्म लगानीका होटल छन । कोरोनाका कारण र उत्तरी नाका बन्द हुँदा होटेल ठप्प परेको छ । झण्डै २५ करोड रुपैया लगानी डूबेको मान्न सकिन्छ । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ्गका अनुसार तिब्बति नाका बन्द हुदाँ हुम्लाको अर्थतन्त्र नै संकटमा परेको छ । नाका नखुल्दा हजारैको रोजगारी गुम्यो, स्थानिय उत्पादनले बजार पाएन, पर्यटन व्यवसाय पनि धरासायी भएको छ । कोरोना महामारी अघि हुम्ला र चीनबीच वर्सेनी कम्तीमा ५ अर्बको कारेबार हुन्थ्यो तर कारोबार शून्य भएपछ कैंकलाई करोडौ व्याज सितैमा बुझाउनु परिरहेको दुःख तिनको रहेको छ । अवश्य नै यसले तिनको मनमा उत्तरी छिमेकी चीनप्रति वितृष्णा नै फैलाउने छ । नाका बन्द भएका कारण समयमा चामल लगायतका खाद्यान्न र नुनको पनि अभाव हुने गरेको पाइन्छ । नुन चामल ल्याउन सिमकोट पुग्नुपर्ने हुन्छ । जहाँ होटलमा बास सहित प्रति व्यक्ति ५ देखि ७ हजार रुपैया सम्म खर्च हुने गर्दछ । कतिपयले नुन ७५ र चामल ३ सय ५० रुपैया प्रति किलो किन्न बाध्य छन ।
नाका बन्दले चीनसंग सीमा जोडिएको हुम्लाको हिल्सामा पर्यटन व्यवसाय ठाप छ । उत्पादन न्युन हुने भएकोले सीमावर्ति चिनिया बजारबाट खाद्यान्न र दैनिक उपभोग सामाग्री खरिद गर्न स्थानीय मुगुवासी बाध्य छन तर कोरोनाको बाहानामा नाका ठाप हुदा व्यपार व्यवसाय ठाप परेको छ । नाका न खोल्दा सयौ युवा केरोजगार छन । गाँउमा रोजगारी नपाएपछि अधिकांश युवालाई घर खर्च धान्न समस्या भएको छ । सीमा नाका खोल्न पटक पटक आग्रह गर्दा पनि वास्ता गरिउको छैन । वैशाख देखि असोज सम्मको समय पर्यटक आउने र ताक्लाकोटमा व्यपार गर्ने सिजन हो । मानसरोवर कैलासको दर्शन गर्ने समय पनि यही हो तर नाका नखुल्दा भारती पर्यटकहरु आउन सकेका छैनन ।
दुई देशको मित्रता कायम गर्न पनि चीनले नाका खुलाउनुको विक्लप छैन । वि.सं. २०७२ को वैशाखमा आएको भुक्मपको बहानामा चीनले तातोपानी केरुङ्ग नाका बन्द गर्यो । त्यसपछि आफनो इच्छा र राजनीतिज्ञ स्वार्थ पूर्ति हुने अवस्था आए नाका खोलिदिने अनि फेरि बन्द गरिदिने गर्दे आएको छ । विगत सात वर्षमा कहिल्यै निरन्तर रुपमा नाका सुचारु आएन । कोरोनाको बाहानामा झन नाकालाई काधित परिएको छ । चीनमा पढने नेपाली छात्रहरुलाई पनि उसले चीन छिर्न दिएन जसले गर्दा अनेकौ को भविष्या चौपट हुने भयो । चिन जस्तो विश्वको ठुलो आर्थिक शक्ती राष्टूले नेपाल प्रति सदभाव सदासयता र सहयोगको भाव राख्नु पर्ने हो प्रतिशोधको होईन । उसो पनि नेपालले चिनको प्रत्येक नितिलाई समर्थन नै गर्दे आएको छ । नेपालका कतिपय चिनीया समर्थक राजनितिज्ञ, राजनितिक दल, विश्लेसक र विज्ञहरु यस विषयमा आफनो मुख खोल्न सकिरहेका छैनन । नेपाली जनतालाई विगत ७ वर्ष देखि दुःख दिदै आएका उत्तरी छिमेकी चिनलाई असल मित्र राष्टू कसरी मान्न सकिन्छ ?

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -