वीरगंज, १३ मंसिर ।
सामुदायिक सेवा केन्द्र श्रीपुरले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत चेतना मुलक पर्चा वितरण गरेको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ ले मंगलवार वीरगंज महानगरपालिका वडा नं. २५ स्थित ड्राइपोर्ट चोकमा चेतना मुलक पर्चा वितरण गरेको हो ।
सामुदायिक सेवा केन्द्रका बरिष्ठ सल्लाहकार पुरुषोतम दुवेको अध्यक्षतामा आयोजित पर्चा वितरण कार्यक्रममा प्रहरी चौकी श्रीसियाका प्रमुख प्रबनानि बिनोद काफ्लेको सहकार्यमा पर्चा वितरण गरिएको जनाइएको छ ।
पर्चा वितरणका क्रममा सामुदायिक सेवा केन्द्र मुर्लिका महिला उपाध्यक्ष रेखा घिमिरे, सदस्य राजेश सिंह सहित स्थानीय समाजसेवी, जेष्ठ नागरिक लगायत महिला तथा पुरुषहरुको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर की प्रहरी सहायक निरिक्षक तनुजा श्रेष्ठले जानकारी दिइन ।
लैंगिक हिंसा विरुद्ध अभियान अन्तरगत पर्चा वितरण

Facebook Comments Box