सहारा दैनिक

spot_img
Homeदेशमधेशसांसद यादवद्वारा मल आपुर्तिमा सहजता प्रदान गर्न आग्रह

सांसद यादवद्वारा मल आपुर्तिमा सहजता प्रदान गर्न आग्रह

वीरगंज, १३ मंसिर ।
पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित संघीय सांसद प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका साथ लिएका छन् ।
कृषकका समस्या समाधानका विषयमा सांसद यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका प्रमुखसंग भेटेर छलफल गरेका छन् ।
छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वर्षौंदेखि किसानले खेप्दै आएको मल अभावको समस्या सम्बोधन गर्न तर्फ ध्यानाकर्षण गराएका हुन ।
समयमा मल नपाउने र पाएपनि सबैले नपाउने एवम् पर्याप्त मात्रामा नपाउने जस्ता समस्याहरु अबको दिनमा सुन्न नपर्ने किसिमले समन्वयकारी भूमिका निर्वाह गर्न सांसद यादवले कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईलाई निर्देशन दिएका छन् ।
आवश्यक मलको उपलब्धताका लागि अहिलेसम्म भइरहेका समस्या एवम् कठीनाईहरु आफुलाई जानकारी गराउन आग्रह गर्दै यादवले नीतिगत देखि अन्य संरचनागत एवम् संस्थागत बाधा अड्चनलाई समाधान गर्ने बताए ।
अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस्, बांकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसदमा आवाज उठाउछु भने । उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईको ध्यानाकर्षण् गराए ।
सांसद यादवले नेपालमा मलको कारखाना छैन त्यस कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन्, यद्दपी विदेशबाट जेजति आउछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन्, यस बारे पनि ध्यान दिन आग्रह गरे ।
चुनावको प्रचार ताका मतदाता सामु गरेका वाचा पुरा गर्न यादवले अग्रसरता देखाएका हुन् । चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या आफनो प्रमुख प्राथमिकतामा रहने वाचा गरेका थिए । त्यही वाचा अनुरुप यादवले किसानका लागि सहज रुपमा मल आपुर्तिको व्यवस्था मिलाउन चौलागाईको ध्यानाकर्षण गराएका हुन् ।
अहिले गंहु र दलहन बालीको सिजन चलिरहेको भएपनि डिएपी मल नपाएर किसानहरु समस्यामा परेको भन्दै सांसद यादवले यथाशीघ्र व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलका क्रममा कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहेपनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको बताएका छन । चौलागाईले नीतिगत समस्याहरुको कारण पनि मल आभाव हुने भएकाले त्यसलाई पहल गर्न सांसद् यादवसंग आग्रह पनि गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -