spot_img

चीनमा राष्ट्रपतिको राजीनामा माग्दै विरोध प्रदर्शन



श्रीमन नारायण
चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी रुपमा प्रदर्शन हुन थालेका छन । आक्रोशित र पीडित जनता चिनिया राष्टूपति सी जिनपिंगको राजीनामाको माग समेत गर्न थालेका छन् ।
सांघाई शहरमा सयौं मानिसहरुले राष्टूपति सी जिनपिंगको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरु अन्तर्राष्टिूय सन्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । त्यहाँका सर्व साधारणहरुले प्रहरीका गाडीमिा समेत अवरोध पु¥याएका अन्तर्राष्टिूय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । त्यस्तै राजधानी बेइजिंग र नान्जिङ्गका कम्युनिकेशन विश्वविद्यालयमा सबैभन्दा ठुलो प्रदर्शन भएको जनाइएको छ । सामाजिक सन्जाल तथा अनलाईनहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका तस्वीर तथा भिडियो सार्वजनिक भएका छन् संभवतः चिनिया कम्युनिष्ट पार्टी र नेतृत्वविरुद्ध भएको प्रदर्शनलाई चीनको निम्ति दुर्लभ मध्येको एक मानिन्छ । अपेक्षाकृत निकै आज्ञाकारी र अनुशासित मानिएका चिनिया जनता तथा छात्रहरु खुला रुपमा राष्टूपति सी जीनपिंगको राजीनामा माग्दै उनी विरुद्ध सडकमा उत्रिनुलाई कडा प्रकृतिको आलोचना मानिदैछ । निषेधाज्ञाका समयमा उरुम्की स्थित एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । उनीहरुको मृत्युपछि निकालिएको जुलुस चीनको शुल्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।
चिनिया अधिकारीहरुले भने कोरोना भाइरस सम्बन्धि प्रतिबन्धका कारण उनीहरुको ज्यान गएको अस्वीकार गरेका छन् । तर कयौं इनटरनेट प्रयोगकर्ताहरुले उरुम्कीमा भएको मृत्युका लागि आवासीय घरहरुमा लगाइएको कडा लकडाउन कारक भएको बताएका छन् ।
चीनको ठुलो शहर तथा विश्वव्यापी व्यापारिक केन्द्र सांघाईमा भएको प्रदर्शनका सहभागीले “सी जीनपिंग राजीनामा देऊ, कम्युनिष्ट पार्टी राजीनामा देऊ” भन्दै नाराबाजी गरेका विदेशी सन्चार माध्यमहरुमा जनाइएको छ । “सेतो व्यानर बोकेको कतिपय सहभागीले पीसीआर परीक्षण चाहिदैन, हामीलाई स्वतन्त्रता देऊ” लगायतका नारा लगाएका थिए । कतिपयले मैनबती बाल्नका साथै फुल राखेर मृतकहरु प्रति सम्मान व्यक्त गरेका थिए । प्रदर्शन चर्कदै गए पछि व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसी समाचारले उल्लेख गरेको छ । बीबीसी समाचारदातासितको सम्वादमा सांघाईका एक युवकले लकडाउनले आफुलाई दुःखी आक्रोशित र आशाहीन बनाएका कारण सर्व साधारणहरु सडकमा उत्रिएको देख्दा आफु आश्चर्यचकित र उत्साही भएको प्रतिक्रिया दिएका छन् । सरकारको लकडाउनको नीतिबाट प्रायः जसो चिनिया नागरिक दुःखी रहेका कारण यो प्रदर्शन झन बढी चर्किने सम्भावना रहेको छ ।
चीनमा आइततवार कोरोना पोजिटिभ रेकर्ड ४० हजार नाघेको थियो । यसका साथै “जीरो कोभिड नीति” सम्बन्धि सरकारको नीतिको विरोधमा आक्रोशित भीडले सरकारको कडा प्रतिबन्धको वास्ता नगरी बेइजिंगको सडकमा प्रदर्शन गर्न आईपुगे । सांघाईमा शनिवार राति ठुलो संख्यामा नागरिक सडकमा आएर राष्टूपति शी जिनपिंगको राजीनामाको माग गरे ।
मध्य उरुम्की सडकमा आधी रातमा एकत्रित प्रदर्शनकारीहरु रोक्न प्रहरीले कालो मरिचको धुलो छर्कने काम गरे र केहीलाई पक्राउ गरेको विदेशी सन्चार माध्यममा उल्लेख उरुम्की शहरमा आवासीय घरमा आगलागीमा जलेर मरेका १० जनाको उपचार कोभिड प्रतिबन्धका कारण हुन नसकेको आरोप पीडित परिवारको रहेको छ । कोभिड प्रतिबन्धका कारण लाखौं जनता घरमै कैदी जिवन जस्तो विताउन बाध्य छन् । सरकारले आफुलाई आलोचनावाट जोगाउन इन्टरनेट मिडियामा पोष्ट गरिएका सबै भिडियोहरुलाई शिनजियांगबाट प्रतिबन्ध हटाउन माग गरिरहेका छन् । पिसीआर जाँच माथि रोक लगाउन पनि माग गरि रहेका छन् । उनीहरु आफनो निम्ति स्वतन्त्रताको पनि माग गरि रहेका छन् साथै प्रेस स्वतन्त्रताको माग भएको प्लेकार्डहरु पनि प्रदर्शनका क्रममा देखिएको विदेशी सन्चार माध्यममा उल्लेख छ । उरुम्कीका वासिन्दाहरुद्धारा तीन महिना भन्दा पनि बढी लामो समय देखि जारी लकडाउनको विरोधमा असधारण प्रदर्शन गरे पश्चात चिनिया अधिकारीहरु उरुम्कीका केही टोलवाट प्रतिबन्ध हटाउन बाध्य भएका छन् ।
शुरुमा कोभिड(१९ को थालनी चीनवाटै शुरु भएको तात्कालीन अमेरिकी राष्टूपति डोनाल्ड जे टूम्पको आरोपलाई आधार मान्ने हो भने चीनले शुरुमा त आफनो देशमा कठोर अनुशासन कायम गरी यसमा पूर्ण नियन्त्रण गरेको दावी गरिदै थियो तर अब जबकी विश्वका बाँकी देशहरु कोरोनाको प्रभाववाट मुक्त हुँदै गएको छ, यस्तो अवस्थामा स्वयं चीन नै यसको शिकार हुनुको कारण बुझि नसक्नुछ । कतै चीनले कोभीड(१९ को विरुद्धमा थालेको अभियानमा, त्यहाँ असफल त सावित भएको छैन । चिनिया भ्याक्सिनको प्रभावकारिता माथि त विभिन्न कोणवाट प्रश्न उठन थालेका छन् । चीनमा कोरोना भाइरसविरुद्ध शून्य सहनशीलताको नीति सरकारले अख्तियार गर्दै आएको छ । पछिल्लो समय दर्जनौं सहरका दसौं लाख मानिसहरु लकडाउनमा बस्न बाध्य छन् । जसका कारण सरकारको “शून्य कोभिड” नीतिका सुत्रधार राष्टूपति सीको आलोचना भएको हो ।
आर्थिक र सामाजिक रुपमा दवाव सिर्जना भए पनि सरकार आफनो नीतिवाट पछि हटेको छैन । भाइरसको परिक्षण र कडा लकडाउनमा जोड दिइएको भए पनि त्यही रुपमा खोप लगाउने काम भने हुन सकेको छैन । खोप लगाउन सर्व साधारणलाई अनिवार्य गरिएको छैन भने स्थानीयस्तरमा उत्पादित खोप लगाउनु पर्ने व्यवस्था गरिएको छ । तर विभिन्न अनुसन्धानले ती खोप अन्तर्राष्टिूय रुपमा उत्पादित अन्य खोपको तुलनामा कम प्रभावकारी कष्टकर बनि सकेको छ । तर चीनले भाइरसले असरलाई सफलतापूर्वक निकै न्युन स्तरमा राख्न सफल भएको छ । यदि सवैतिर खुला गरियो भने भाइरस निकै तीव्र रुपमा देशभर फैलिनेमा चिनियाँ अधिकारी चिन्तित छन् । जसका कारण शुन्य कोभिड नीति कहिले अन्त्य होला भन्ने चाहि टुंगो छैन । भाइरस फैलिए चीनले सारा विश्ववाट टाढा बस्ने प्रयत्न गरिरहेकाले आर्थिक लगायतका मूल्य चुकाइरहेका छ । तर अब लामो समय सम्म यसै गरि रहन भने सम्भव छैन ।
चीनले आफुलाई विश्वको अगुवा र विजेता सावित गर्न स्वास्थ्य संकटको बेला पनि खोप कुटनीतिको प्रयोग गर्न कन्जुस्याई गरेन तर भाइरसको नयाँ भेरिएन्टले यसलाई आफनो अनुहारको अवलोकन गर्न वाध्य पारेको छ । शेष विश्वले कोरोना संकटका बेला लकडाउनमा दुःखद दिनहरु विताउँदा चीनले भने दृढतापूर्वक आफनो “शून्य कोभीड नीतिको प्रशंसा गरेको थियो तर अचेल चीनका विभिन्न ठाउँ र शहरमा लकडाउनको सास्ती भोग्न चिनिया जनता वाध्य छन् । चिनिया खोप प्रभावहीन सावित भएको छ । चिनिया खोपको प्रभावकारिता विश्वका अन्य खोपहरुको तुलनामा कमै प्रभावकारी देखिएको युरोपेलीहरुको दावीलाई शुरुमै चीनले स्वीकार गरि सकेको भए यस्तो अवस्था नै आउने थिएन, जुन अहिले चीनले भोगी रहेको छ । चीन अहिले पनि कोभीडको सटिक उपचार गर्नुको सटा निरन्तर रुपमा परीक्षण र लकडाउनमा जोड दिएको छ । अहिले पनि त्यहाँ व्यापक रुपमा खोप अभियानको सन्चालन गर्नुको सट्टा निरन्तर रुपमा परीक्षण र लकडाउनमा जोड दिएको छ, त्यहाँका अधिकारीहरुको आफुखुशी काम गर्ने शैलीले जनतालाई आक्रोशित बनाएको छ र जनता सडकमा छन् ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर