spot_img

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



वीरगंज, ११ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं. १४ स्थित मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
वी.म.न.पा. वडा नं.१४ नर्सिङ मा.वि.स्थित मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुंदा १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो ।
मोटरसाईकल अनियन्त्रित भई भएको दुर्घटनामा गम्भिर घाइते भएका मोसा चालक वीमनपा वडा नं. १२ मुर्ली निवासी हवारीको स्पर्श मल्टी हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सो दुर्घटनामा मोसामा सवार अर्का वीमनपा वडा नं. १२ निवासी सरताज अंसारी घाइते भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर