spot_img
Homeसमाचारपुर्व नगर प्रमुख यादवको गुण्डागर्दी

पुर्व नगर प्रमुख यादवको गुण्डागर्दी

वीरगंज, ०३ मंसिर ।
पर्सा क्षेत्र नं. २ अन्तरगत पर्सागढि नगरपालिका वडा नं. ६ मा कांग्रेस कार्यकर्ताहरुले एक सर्वसाधारणलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
शनिवार बेलुकी साढे ७ बजेको समयमा आफ्नै गाउघरमा घुमफिर गरिरहेका नवल किशोर साहलाई नेपाली कांग्रेसका समर्थकहरुले कुटपिट गरेको पिडितले बताएको छ ।
गाउमै काका पर्नेलाई भेट्न गएका साहलाई नेपाली कांग्रेसका नेता एवं पर्सागढि नपाका पुर्व नगर प्रमुख लोक नारायण यादव, किशोरी प्रसाद यादव, अर्जुन गिरी, अजय प्रसाद यादव, अर्जुन साह तेली, पर्सुराम प्रसाद यादव, बुनी प्रसाद यादव लगायत २०–२५ जनाको समुहले कुटपिट गरेको बताइएको छ ।
समाजिक सञ्जालमा साहको भिडियो बयानमा आफ्नो काका पर्नेलाई भेट्न गएको बेला बिना कारण पैसा बाटेको आरोप लगाउदै कांग्रेस नेता एवं पर्सागढि नपाका पुर्व प्रमुख लोक नारायण यादव नेतृत्वका समुहले कुटपिट गरेको उल्लेख छ ।
पर्सा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा अजय चौरसिया उम्मेदवार रहेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -