सहारा दैनिक

spot_img
Homeदेशमधेशपर्सा १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीमाथि आक्रमणको प्रयासः यो आक्रमणबाट आफु...

पर्सा १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीमाथि आक्रमणको प्रयासः यो आक्रमणबाट आफु विचलित नहुने

वीरगंज, ०३ मंसिर ।
आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरु अनुगमन गर्न गएका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदी माथी आक्रमणको प्रयास भएको छ ।
पर्सा जिल्ला क्षेत्र नं. १ अन्तरगतका मतदान केन्द्रहरु अनुगमन गरी घर फर्किने क्रममा वीमनपा वडा नं. ३१ स्थित मिलनचौकमा स्वतन्त्र उम्मेदवार द्विवेदीलाई घेरा हाली आक्रमणको प्रयास भएको हो ।
स्वतन्त्र उम्मेदवार द्विवेदीका सहकर्मीले जनाए अनुसार उनी माथी प्रतिस्पर्धी उम्मेदवारका समर्थकहरुले घेरा हाली आक्रमणको प्रयास गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ । आक्रमणकारी समुहमा वीरगंज स्थित छपकैया लगायतका युवाहरु रहेका थिए भने त्यसको नेतृत्व गोलु नाम गरेको युवकले गरेको बताइएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीसंग बुझ्दा उहाले केहि ब्यक्तिको समूहले गाडी घेराउ गर्ने प्रयास गरेपनि कुनै क्षति नभएको र नजिक रहेका प्रहरी युनिटहरुले द्विवेदीलाई उद्दार गरी गन्तव्य तर्फ पठाइएको बताउनु भयो ।
चुनावमा पराजित हुने मानसिक डरले विक्षिप्त भएर गुण्डागर्दीमा उत्रिएर भौतिक आक्रमणमा उत्रिनु राजनीतिक संस्कार विपरीतको कार्य रहेको स्थानीयहरू बताउछन् ।
चुनावको एकदिन अघि देखि नै भारतीय बाहुबली जस्तै दम्भ देखाउने चरित्रबाट मतदाताहरूसचेत हुनु पर्ने देखिएको छ ।
अजय द्विवेदीले एक हप्ता अघि देखि नै स्थानीय प्रहरी प्रशासनलाई आफ्नो लगायत सबै उम्मेदवारको गाडी चेक गर्न अपील गरेपनि प्रहरी प्रशासनले चेक नगरि गुण्डाहरुले चेकजा“चको नाममा आक्रमण गर्नुले अनेक प्रश्न उब्जिएको छ ।
यसै विच स्वतन्त्र उम्मेदवार द्विवेदीले प्रतिकृया दिंदै यो आक्रमण प्रयासबाट आफु विचलित नहुने बताउदै मतदातालाई पनि विचलित नभई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -