सहारा दैनिक

spot_img
Homeसमाचार“सानो पाइला” कांग्रेसको भातृ संगठनको रुपमा काम गर्दै

“सानो पाइला” कांग्रेसको भातृ संगठनको रुपमा काम गर्दै

वीरगंज, ०१ मंसिर ।
विशुद्ध सामाजिक काम गर्ने पवित्र उद्देश्यले स्थापित गैर सरकारी संस्था “सानो पाईला”लाई संस्थापक अध्यक्ष कञ्चन झाले राजनीतिक दलको भातृसँगठनको रुपमा प्रयोग गर्न थालेको चर्चाले व्यापक्ता पाएको छ ।
सानो पाइलालाई राजनीतिक दलको भातृसंगठन र त्यसमा आवद्ध कर्मचारी एवं पदाधिकारीहरुलाई भने राजनीतिक दलको भरिया कार्यकर्ताको रुपमा कञ्चन झाले फरमान जारी गरेपछि संस्थाका पदाधिकारी एवं कर्मचारीहरु राजनीतिक कार्यकर्ताको रुपमा परिचालित हुन बाध्य भएका हुन् ।
सानो पाइलाको नाममा भ्रष्टाचार एवं लूट मच्चाइरहेको आरोप लागेका संस्थापक अध्यक्ष झाले संस्थालाई राजनीतिक अखडाको रुपमा प्रयोग गरेर देशको कानूनी व्यवस्थामाथि नै प्रहार गरेको चर्चाले वीरगंज बजार तातेको छ ।
प्राप्त समाचार अनुसार संस्थापक अध्यक्ष झाले सानो पाइला नामक गैर सरकारी संस्थालाई नेपाली कांग्रेस पार्टीका अजय चौरिसयाको चुनावी संस्थाको रुपमा प्रयोग गरेका छन् भने संस्थाका अपरेशन हेड जय साह, कम्युनिटी मोब्लाइजर फिरोज अंसारीलगायतलाई नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चौरसियाको चुनाव प्रचार प्रसार सामग्री देखि चुनावमा चाहिने हरेक सामग्रीको ढुवानी, व्यवस्थापन लगायतका कार्यमा परिचालन गरेको उनी निकट श्रोतले जनाएको छ ।
झाको हुकुमी र राणाशाही शैलीका कारण संस्थाका अन्य पदाधिकारी र कर्मचारीहरु दिक्क भएपनि जागिर खोसिने डरले बोल्न डराउने गरेका चर्चा जताततै सुनिंदै आएको छ ।
खासगरी लागु औषध दूर्व्यसनबाट सामाजलाई मुक्त गराउने मुख्य उद्देश्य देखाएर स्थापित सानो पाइलालाई संस्थापक अध्यक्ष झामाथि केही समय अघि सोही संस्थाका कर्मचारीले भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा मुद्दा नै दर्ता गराएका थिए । तिनै भ्रष्ट प्रवृतिका झालाई बोकेपछि आफू चुनाव जित्छु भन्दै नेपाली कांग्रेसका नेता अजय चौरसिया चुनावी मैदानमा कुदिरहेका दृश्यले ….लाई भन्दा देख्नेलाई लाज जस्तै भएको छ ।
सानो पाइला स्थापना भएदेखिको रेकर्ड हेर्ने हो भने पर्सा जिल्ला लगायत देशभर लागु औषध दूर्व्यसनी, कारोबारी र ओसारपसारको घटनामा तुलनात्मक गिरावट नआएको तर संस्थाका झा भने देश विदेशबाट आउने फण्डहरुबाट भने अकूत सम्पत्ति जोड्न सफल भएको चर्चा पनि चरम उत्कर्षमा छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -