वीरगंज, ३० कार्तिक ।
पर्सा जिल्ला क्षेत्र नं. २ मा सत्ताधारी र प्रतिपक्षी गठबन्धन विचका उम्मेदवारहरु विच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ३ दिन मात्र बांकी रहंदा पर्सा जिल्ला अन्तरगत सदरमुकाम सहित विभिन्न पालिका अन्तरगतका चौक चौराहा तथा चिया पसलमा हुने चुनावी चर्चाका क्रममा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेतृत्वका सत्ताधारी गठबन्धन र नेकपा एमाले नेतृत्वका प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरु विच कडा प्रतिस्पर्धा हुने बताइन्छ ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अजय चौरसिया रहेका छन । चौरसिया यस अघि पनि दुई–तीन पटक निर्वाचित हुनुको साथै सहायक मन्त्री समेत भइसक्दा पनि पर्सा जिल्ला तथा आपूm निर्वाचित क्षेत्रमा कुनै पनि स्मरणीय विकाश अर्थात कुनै पनि कार्य नगरेको चर्चा एका तिर छ भने अर्को तिर उनलाई घमण्डी नेताको रुपमा पनि चिनिने गरेको कांग्रेस नेताहरुनै बताउ छन ।
कांग्रेस भित्रै अलोकप्रिय रहेका नेता चौरसिया यस अघि निर्वाचित हुंदा आफ्ना क्षेत्रका जनता संग सम्पर्क नै तोडेका कारण यस पालीको निर्वाचनमा उनलाई मत नदिने मतदाताहरुको बलियो उपस्थिति रहेको चर्चा व्याप्त छ ।
उनी कांग्रेस भित्र मात्र नभई आम जनतामा पनि अलोकप्रिय रहेकै कारण आउदो निर्वाचनमा प्रतिपक्ष्ँी नेकपा एमाले÷जसपा गठबन्धनका सांझ उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीको पल्ला भारी रहेको आम चर्चा रहेको पाइन्छ ।
जनतामा समाज सेवी एवं स्वक्षता अभियानकर्मी समेत रहेका जसपाका उम्मेदवार अधिवक्ता कुर्मीलाई मौका दिने मनसाय आम मतदाता विचको चर्चाले व्याख्या गर्ने गरेको बताइन्छ ।
क्षेत्र नं. २ अन्तरगत विभिन्न स्थानमा हुने गरेको चर्चाका क्रममा आउदो निर्वाचनमा अधिवक्ता कुर्मीलाई मौका दिनु पर्ने मत बढि चर्चाको शिखरमा रहेको वीरगंज महानगरपालिका वडा नं. १० घडिअर्वाका राजु साह बताउछन ।
समाज सेवाको क्षेत्रमा सदा अग्रणी भुमिकामा कृयाशिल अधिवक्ता कुर्मीलाई यस पल्ट जिताउनु पर्ने चर्चाले व्यापक्ता पाइरहेको घुर्मीका हरी राउत बताउछन ।
विगतमा निर्वाचित हुंदा चौरसियाले जनता संग सम्पर्क नै तोडेका कारण उनी प्रतिको आकर्षण अति नै खस्किंदो अवस्था सृजना भएको छ भने अधिवक्ता कुर्मीको व्यक्तित्व एवं पारिवारिक पृष्ठभुमीका कारण पनि उनी प्रति सर्वसाधारणमा आकर्षण बढ्दो रहेको आम चर्चा पाइने गरेको छ । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार भए पनि चौरसिया आफ्नै पार्टी भित्र अलोकप्रिय रहेको अवस्था मात्र नभई गठबन्धन भित्रका दलहरुमा पनि उनी प्रति व्यापक असन्तुष्टी रहनुले पनि अधिवक्ता कुर्मी प्रति आकर्षण चरम उत्कर्षमा रहेको पर्सागढिका विन्देस्वरी पासवान बताउछन ।
Facebook Comments Box