spot_img

प्रदेशसभा सदस्य उम्मेदवार कुर्मीलाई स्वागत



वीरगंज, २९ कार्तिक ।
पर्सा क्षेत्र नं. १ (ख) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार राम नारायण कुर्मीको लक्षमनवामा भव्य स्वागत भएको छ ।
सत्ताधारी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुर्मीलाई रात्री चुनावी सभाका क्रममा स्थानीयले भव्य स्वागत गरेका हुन ।
कुर्मीले स्वास्थ्य र शिक्षामा सहज पहुंछका साथै मधेशका अधिकार कांग्रेसले नै सम्बोधन गराउने बताउदै आफ्नो पक्षमा मतदान गर्न स्थानीय संग आग्रह गरे ।
उनले कसैले कागजमा मात्र विकाश गर्ने गरेका छन तर आफुले जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता गर्दै आफुलाई प्रदेशसभामा पु¥याउन स्थानीय संग आग्रह गरे अनुरुप नै स्थानीयले पनि उनलाई स्वागत सहित जितको यात्रामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उनका प्रचार प्रसार समितिले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर