वीरगंज, २९ कार्तिक ।
पर्सा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लक्किचन साहले अर्का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई समर्थन गरेका छन ।
मंगलवार बेलुकी आयोजित चुनावीसभाका विच साहले अजय द्विवेदीलाई समर्थन गरेका हुन ।
वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी निवासी स्वतन्त्र उम्मेदवार साहले द्विवेदी विकाश प्रेमी र स्वक्ष छवीका भएकाले समर्थन गरेको बताए ।
मनियारीमा आयोजित कार्यक्रममा साहको नेतृत्वमा दर्जनौ स्थानीयले द्विवेदीलाई अविर टिका लगाएर स्वागत सहीत जितको अग्रीम सुभकामना दिएको द्विवेदीका प्रचार प्रसार समितिले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले साहले गरेको समर्थन प्रति आभार व्यक्त गर्दै आफु निर्वाचित भए पछि यो गाउ क्षेत्रका सम्पुर्ण जनताको सुखदुःखमा कांधमा कांध मिलाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उम्मेदवार साहद्वारा द्विवेदीलाई समर्थन

Facebook Comments Box