सहारा दैनिक

spot_img
Homeदेशमधेशस्वास्थ्य सेवालाई प्रभावकारी बनाउने यादवको प्रतिबद्धता

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने यादवको प्रतिबद्धता

वीरगंज, २९ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुले मंगलबार वीरगंज महानगरपालिका वडा नं. ३२ स्थित टेढा र जितपुर परसवामा घरदैलो गरेका छन् ।
प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र पर्सा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले घरदैलो गरेका हुन् ।
घरदैलोका क्रममा मतदाताहरुलाई भेट्दै पूर्वमन्त्री समेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले महानगरका ग्रामीण वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने वाचा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता हो भने यसलाई पूरा गर्न हरेक वाडमा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउने बताए ।
उनले स्वास्थ्यका साथै ग्रामीण वडामा रहेका सरकारी विधालयको स्तरोन्नत्ती पनि आफनो प्राथमिकतामा रहेको बताए ।
चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -