वीरगंज, २७ कार्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संगठनका जिल्ला इन्चार्जसहित युवा समूहले जनता समाजवादी पार्टी प्रवेश गरेका छन ।
युवा संगठनका जिल्ला संयोजक रवी सर्राफसहितको समूहले आइतबार जसपा प्रवेश गरेका हुन । एक कार्यक्रम विच जसपामा प्रवेश गरेका युवाहरुलाई पूर्वमन्त्री प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका यादवलाई आफ्नो पूर्ण समर्थन रहेको बताए ।
सो अवसरमा जसपाको राजनीतिक समितिका सदस्यसमेत रहेका यादवले युवाहरुले जसपा प्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए ।
लोसपा युवा संगठनका इन्चार्ज जसपामा
Facebook Comments Box