सहारा दैनिक

spot_img
Homeदेशमधेशपर्सा क्षेत्र नं. २ को मतदाताको रोजाइमा कुर्मी

पर्सा क्षेत्र नं. २ को मतदाताको रोजाइमा कुर्मी

वीरगंज, २७ कार्तिक ।
नेकपा एमाले र जसपाका पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई व्यापक समर्थन पाइरहेको छ ।
चुनावी अभियान अन्तरगत आइतवार वीरगंज महानगरपालिका वडा नं. २८ स्थित बगही, इनर्वा र दरदरवामा पुगेका जसपाका उम्मेदवार अधिवक्ता कुर्मीलाई स्थानीयद्वारा भव्य समर्थन गरिएको उनका प्रचार प्रसार समितिले जनाएको छ ।
एमाले जसपा गठबन्धनका क्षेत्र नं. २ (क) बाट जसपाका प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव सहितलाई घरदैलोका क्रममा स्थानीयहरुले स्वागत सहित समर्थन गर्दै उनीहरु संगै भोट माग्न मतदाताको घरआंगनमा घुमेका छन ।
समाज सेवी एवं स्वक्षता अभियानकर्मी समेत रहेका अधिवक्ता कुर्मीलाई जिताउन क्षेत्र नं. २ अन्तरगतका विभिन्न वडा तथा पालिकाहरुमा स्थानीयहरु स्वयमले पनि व्यापक क्याम्पियनमा जुटेको बताइन्छ ।
अर्का उम्मेदवार अजय चौरसिया घमण्डी प्रनृतिका रहेका र पटक–पटक कांग्रेसबाट उनी नै उम्मेदवार बन्दै आएका कारण मतदाताहरुको रोजाइमा कर्मी परेको बताइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -