सहारा दैनिक

spot_img
Homeदेशमधेशभारतीय नागरिकलाई उम्मेदवार बनाएको भन्दैः युवा नेताहरुले राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरे

भारतीय नागरिकलाई उम्मेदवार बनाएको भन्दैः युवा नेताहरुले राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरे

वीरगंज, २५ कार्तिक ।
भारतीय नागरिकलाई उम्मेदवार बनाएपछि असन्तुष्ट राप्रपाका नेता÷कार्यकर्ताहरु पार्टी परित्याग गरेका छन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि कमल थापा कै लाइनमा लागेको र आर्थिक बलमा भारतीय नागरिक (जसको नेपाली नागरिकता खारेजी प्रकृयामा रहेको) लाई उम्मेदवार बनाएर नेपालीहरुलाई पन्छ्याएको आरोप लगाउदै राप्रपाका वीरगंज महानगर समितिका अध्यक्ष जलेश्वर सर्राफ लगायतका युवा नेताहरुले राप्रपा परित्याग गरी दल–बलसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भारतीय नागरिक नरेश साहलाई उम्मेदवार बनाए पछि असन्तुष्ट युवा नेताहरुले राप्रपा परित्याग गरी शुक्रवार नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसंग टिका लगाएर नगर अध्यक्ष सर्राफसहितका नेताकार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
राष्ट्रिय प्रजाततन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि हुंदै वीरगंज महानगर अध्यक्षको हैसियतमा पुगेका सर्राफ राप्रपाका केन्द्रिय अध्यक्ष लिङदेन पनि कमल थापाकै पदमार्गमा हिंडन थालेको र यसले हिन्दू अधिराज्य पुनर्स्थापना अभियानमा ठूलो विश्वासघात हुने देखिएपछि आफुले पार्टी परित्याग गरेको बताएका छन ।
केन्द्रिय अध्यक्ष राजेन्द्र लिंगदेन पनि कमल थापाकै लाईनमा हिडन थालेपछि आफुले कैयौं पटक सच्चिन आग्रह गर्दा पनि आफ्नो क्षेत्रमा भारतीय नागरिक नरेश साहलाई प्रतिनिधिसभाका उम्मेदवार बनाएपछि चित्त नबुझेर आफुले पार्टी परित्याग गरेको सर्राफले बताए ।
अध्यक्ष लिंगदेनको गतिविधि कै कारण असन्तुष्ट राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्साका जिल्ला अध्यक्ष राजाबाबु प्रसाद चौरसिया समेत पार्टी परित्याग गरी आफ्नो सम्पूर्ण संगठनका सदस्य सहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -