वीरगंज, २४ कार्तिक ।
स्वतन्त्र उम्मेदवारहरु प्रति बढ्दो आकर्षणले सत्ताधारी र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरु पितलो देखिएका छन ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी र क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँको घरदैलो कार्यक्रमहरुमा देखिने गरेको स्वफुर्त जनलहरले दलीय गठबन्धनका उम्मेदवारहरु फितलो देखिएका हुन ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार द्विवेदीले विहिवार वीरगंज महानगरपालिका वडा नं. ११ स्थित श्रीपुरमा गरेको घरदैलो कार्यक्रममा स्थानीयहरुको स्वफुर्त सहभागिताले उनी प्रफुल्ल देखिएका थिए ।
आप्mना सहयोगीहरु सहित घरदैलो गर्न वीमनपा वडा नं. ११ श्रीपुरका मतदाताको घर–घर भोट माग्दै हिंदेका द्विवेदीको समर्थनमा स्थानीयहरु स्फुर्त उनी संगै हिंडेर घरदैलो ¥यालीलाई भव्यता तुल्याइएको देखियो ।
घरदैलोका क्रममा द्विवेदीले मत माग्दै आर्शिवाद समेत लिंदै हिडेका थिए ।
त्यसै गरी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँले वीरगंज महानगरपालिका वडा नं. १६ मा बिहिवार गरेको घरदैलो कार्यक्रममा पनि सर्वसाधारणको स्वफुर्त सहभागिता देखियो ।
मियाँ आफ्ना सहयोगिहरु सहित वीमनपा वडा नं. १६ स्थित नगवा पुग्दा स्थानीयहरु स्वफुर्त सहभागिता जनाएर उनका हौसला बढाएका थिए ।
मियाँ आफ्ना सहयोगी सुधिरनाथ पाण्डे लगायतलाई लिएर घरदैलो कार्यक्रम गर्न पुग्दा स्थानीय म. कदम रसुल लगायतका पुरानिया तथा युवा नेताहरुका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।
मियाँले घरदैलोका क्रममा भोट सहित आर्शिवाद लिंदै मतदाताको घरघरमा पुगेका छन ।
Facebook Comments Box