spot_img

शिक्षा क्षेत्रको सुधार आप्mनो प्रमुख एजेन्डा–यादव



वीरगंज, २४ कार्तिक ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले शिक्षा क्षेत्रमा सुधार र पर्सावासीलाई समृद्धि तर्फ अगाडी बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।
बिहिबार वीरगंज महानगरपालिका वडा नं. १८ स्थित सौराह र वडा नं. २० स्थित अपौनीमा घरदैलो कार्यक्रमका क्रममा यस्तो बताएका हुन ।
उम्मेदवार यादवले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएको बताउदै यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा भएको बताए ।
उनले वीरगंजलाई शिक्षाको हवका रुपमा विकास गर्न पहल गर्छु भन्दै जसले यहा“ लगानी त भित्रिन्छ नै, यहा“का स्थानीयहरुका लागि अन्य अवसरहरु पनि सृजना हुने बताए ।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका नेता÷कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर