spot_img
Homeदेशमधेशजनमत पार्टीद्वारा स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन

जनमत पार्टीद्वारा स्वतन्त्र उम्मेदवार द्विवेदीलाई समर्थन

वीरगंज, २३ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई जिताउन जनमत पार्टी पनि अग्रसर भएका छन ।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति समेत रहेका द्विवेदीले स्थानीय जनताको सल्लाह र सुझावबाट उम्मेदवारी दिएको बताउनु हुन्छ ।
स्वतन्त्र उम्मेदवार द्विवेदीको घरदैलो कार्यक्रममा सर्वसाधारणको स्वफुर्त सहभागिता दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा जनमत पार्टी पर्साले समेत उहाको पक्षमा अग्रसर भएका छन ।
जनमत पार्टी जिल्ला कार्यसमिति पर्साले नै स्वतन्त्र उम्मेदवार द्विवेदीलाई जिताउन समर्थन जनाएको हो ।
बुधबार माईस्थान ३ नम्बर रोड स्थित होटल कन्टीनेन्टलमा एक कार्यक्रमका विच जनमत पार्टी पर्साका ईन्चार्ज श्याम शंकर चौरसियाको नेतृत्वमा रहेको करिब २ सय जना बढी नेता कार्यकर्ता द्विवेदीलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार शिव प्रसाद यादवले पनि खुलेर द्विवेदीको सहयोगमा उत्रेका छन । जनमत पार्टीका इन्चार्ज चौरसिया नेतृत्वमा रहेका सो पार्टीका जिल्ला पूर्व सह–सचिव विजय साह, सदस्य विराजु साह कानु, क्षेत्र नम्बर ३ का क्षेत्रिय पर्यवेक्षक ईन्दर राठौर लगायत २ सय जनाले द्विवेदीलाई जिताउन खुलेर सहयोग गर्ने जनाएका हुन ।
जनमत पार्टीले समर्थन मात्र जनाएन उनको पक्षमा घर घरमा पुगेर मतदाता संग मत माग्ने जिल्ला ईन्चार्ज चौरसियाले बताउनु भएको छ ।
उहाले सत्तागठबन्ध र जसपा–एमाले गठबन्धनले देशको विकास भन्दा पनि आफनो सत्ता र कुर्सी जोगाउन जनतालाई झुक्याउन खोजेको आरोप लगाउदै स्वतन्त्र उम्मेदवार द्विवेदीलाई जिताउन जनमतले सहयोग गर्ने बताउनु भयो ।
बारम्बार भ्रष्टचारीलाई जिताएर देश विकास र प्रगतिको मार्ग तर्फ अगाडी बढ्न सक्दैन भन्दै उहाले मधेस प्रदेशलाई भ्रष्टचार मुक्त बनाउन स्वतन्त्र उम्मेदवार र जनमत पार्टी अगाडी आउनै पर्छ र क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार द्विवेदीको विकल्प अन्य कुनै नेता नदेखिएका कारण उनलाई सहयोग गर्न जनमत पार्टी अगाडी आएको बताउनु भयो ।
कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले जनमत पार्टीलाई अभार व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माणको अभियानमा र गठबन्धनले देशलाई बन्धक बनाई जंगलराज ल्याउन खोजेका राजनितिक दल र तीनका नेताहरुलाई उजागर गर्न चालेको अभियानमा क्षेत्र नम्बर १ को जनता कांधमा कांध जुटाएर अगाडी बढीरहेको बताउनु भयो ।
उहाले म चुनाव लडीरहेको छैन, जनता आफनो अधिकार र आवाजको लागि आफै चुनाव लडी रहेका छन र मलाई आशा र विश्वास छ १ नम्बर क्षेत्रमा जनता नै चुनाव जितने छन भन्नु भयो ।
जनता अहिले राजनितिक दल र राजनितिक नेताबाट धोका पाएका छन । ठगबन्धनको नाममा देशलाई बन्धन बनाउने काम गरिएको छ । यो गठबन्धन होईन महाठगबन्धन रहेको आरोप समेत लगाउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -