वीरगंज, २३ कार्तिक ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का पांचदलीय गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार अजय कुमार चौरसिया पक्षधरबाट गठबन्धनकै क्षेत्रको २ को (ख)बाट प्रदेशसभाका उम्मेदवार रमेश कुर्मीलाई धोखा मिल्ने संकेतहरु देखा परेका छन् ।
प्राप्त समाचार अनुसार पछिल्लो शनिवार क्षेत्र नं. २ अन्तरगत वीरगंज महानगरपालिका वडा नं. ६ माइस्थान क्षेत्रमा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य पदका उम्मेदवार रमेश कुर्मी संयुक्त रुपमा घरदैलोमा भोट माग्ने क्रममा क्षेत्रका मतदाताहरुसंग चौरसिया र उनका सहयोगीले चौरसिया स्वयंको लागि मात्र रुख छापमा मतदान गर्न आग्रह गरिरहेका थिए भने कुर्मीले आफ्नो परिचय दिंदै प्रतिनिधिसभाको रुखमा र प्रदेशसभाको साइकलमा भोट माग्दै गरेको देखिएका थिए ।
अजय चौरसिया कांग्रेसबाट उम्मेदवार छन् भने प्रदेशसभा सदस्यमा रमेश कुर्मी लोकतान्त्रिक समाजवादी पार्टीबाट गठबन्धनको उम्मेदवार बनेका छन् ।
सो घरदैलोमा अजय चौरिसयाको तर्फबाट ३० प्रतिशत सहभागि थिए भने पटेल समर्थकहरु ७० प्रतिशत थिए ।
घरदैलो पश्चात माइस्थान अगाडी रहेको खुल्ला पार्कमा कोणसभा गर्ने कार्यक्रम रहेपनि उल्लेखनीय नेता कार्यकर्ताको उपस्थिति नभएपछि कोणसभा नै नगरी कार्यक्रम रद्द गरिएको थियो । टेन्टबाट आएका ५० वटा कुर्सी र साउण्ड त्यत्तिकै फिर्ता लानु परेको भन्दै उपस्थित समर्थकहरुले कानेखुशी गरिरहेका देखिएका थिए ।
प्रतिनिधिसभाका उम्मेदवार चौरसियाका समर्थक पुरुषोत्तम दुबे नेपाली काँग्रेसको प्रदेशसभा सदस्य भए पनि गठबन्धनलाई भोट नदिएपनि एक भोट चौरसियालाई दिनु पर्छ भन्दै गठबन्धनलाई धोखा दिइरहेका स्थानीय मतदाताहरु बताउ छन् ।
रमेश कुर्मी आफू निर्वाचित भएको क्षेत्रमा आफ्नो कार्यकालमा गरेको विकासका कारण लोकप्रिय बनेको र जित्ने संभावना बढी भए पनि गठबन्धनबाट धोखा पाउने संभावना बढेपछि सचेत हुनु पर्ने उनका शुभचिन्तकहरुले राय व्यक्त गरिरहेका छन् ।
Facebook Comments Box