सहारा दैनिक

spot_img
Homeदेशडुबान क्षेत्रको नाममा आएको बजेट मूख्यमन्त्री राउतका आसेपासे र कार्यकर्ताबीच स्वाहा

डुबान क्षेत्रको नाममा आएको बजेट मूख्यमन्त्री राउतका आसेपासे र कार्यकर्ताबीच स्वाहा

वीरगंज/मधेश प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको निर्वाचन क्षेत्रमा रहेको डुबान क्षेत्रको विकासका नाममा आएको विकासे बजेट आफ्ना आसेपासे र कार्यकर्ताहरूको बीचमा स्वाहा पारेको अर्को रहष्य खुलेको छ ।

आउँदो मंसिर ४ गते हुन गइरहेको आसन्न प्रतिनिधि/प्रदेश सभा सदस्यको निर्वाचनको विषयमा समाचार संकलनका लागि मूख्यमन्त्री मोहम्मद गद्दी उम्मेदवार रहेको क्षेत्र पर्सा निर्वाचन क्षेत्र नं. १ ख पुगेका यस पत्रिकाका प्रतिनिधिसँग स्थानीय मतदाताहरूले यस्तो रहष्य खोलेका हुन् ।

वीरगंज वडा नं. १६ गणेश टोल वैष्णेदेवी मन्दिर पूर्वको क्षेत्र हरेक वर्ष वर्षायाममा डुबानमा परेर सैयौं घरधुरीका नागरिक प्रभावित हुने र सो क्षेत्रका बालीनाली समेत नष्ट भएर कष्टकर जीवन यापन गर्न बाध्यतालाई जोगाउन सो क्षेत्रमा पानीको निकास, बाटो लगायत डुबानबाट जोगिने प्रबन्ध मिलानकालागि आएको दुई करोड ९१ लाख रुपैयाँ बजेट मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले आफ्नो आसेपासे र कार्यकर्ता रहेको क्षेत्रमा सिध्याएको आरोप स्थानीयहरूले लगाएका छन् ।

चुनावको समयमा भोट सबैसँग माग्न आउने तर जनताको समस्या र विकासको नाममा सिन्को नभाँच्ने भ्रष्ट छवि र बहुरुपिया प्रवृत्तिका मोहम्मद लालबाबु राउत गद्दीलाई यसपालिको चुनावमा आफूहरूले मत दिएर फेरि पनि बिगतको गल्ती नदोहोर्‍याउने निर्णय गरेको स्थानीय मतदाताहरू बताउँछन् ।

मूख्यमन्त्री मोहम्मद गद्दीले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल खरिद प्रकरणमा मात्र नभई छोरी बिमा कार्यक्रम, प्राकृतिक सम्पदा, पोखरी लगायतको सौन्दर्यकरणलगायत सबै शीर्षकका कार्यक्रममा कमिशनखोरी र भ्रष्टाचार कार्यलाई बढावा दिएर पदीय दुरुपयोग गरेर मधेश प्रदेशलाई भ्रष्ट प्रदेशको रुपमा बदनाम गराएकोले यसपालिको निर्वाचनमा भोट दिन नहुने आम मतदताहरूबीच चर्चा चलेको पाइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -