वीरगंज, २१ कार्तिक ।
सिमा क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) नियन्त्रणका लागी सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका अधिकृतहरु नै रक्षक भन्दा पनि भक्षक सावित भएका छन ।
इतिहासमै नभएको तस्करी लाईन पर्सामा सञ्चालन भइरहेको खबर बारम्बार विभिन्न संचारमाध्यममा प्रकाशन÷प्रशारण भैरहेपनि त्यो रोकिनुको सट्टा झन दिन दुई गुणा र रात चौगुनाको गतिमा बढ्दै जानुले पर्सा जिल्लाका सिमा सुरक्षाको मुख्य जिम्मेवारीमा रहेका अधिकारीहरुको भ्रष्टचरित्र उदांगो मात्र नभई भक्षक समेत सावित भएका छन ।
विगतमा मुख्य भन्सार कार्यालयहरुको दांया बांयाको चोरी नाकाबाट तस्करी हुने गरेका थिए भने सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख भएर सप्रउ तेज प्रसाद पोखरेल, बोर्डर आउटपोष्ट वीरगंज भन्सारका प्रमुख सप्रनि रविन्द्र भट्ट र विओपि नेपाल–भारत एकिकृत जांच चौकी (आइसिपि) अलौंका प्रमुख सप्रनानि प्रकाश ठकुरीको आगमन देखि मुख्य भन्सार र आइसिपि परिसर नै प्रयोग गरी तस्करहरुलाई भन्सार राजस्व चुहावट गर्न सहज भएको पछिल्लो घटना क्रमले पुष्टि भएको छ ।
केहि दिन अघि मात्र सप्रनानि प्रकाश ठकुरीको सहजिकरणमा आइसिपि परिसर प्रयोग गरी तस्करहरुले करोडौ मुल्य बराबर कपडा लोड ट्रक विना भन्सार जांच पास नेपाल भित्रियाएको घटना होस वा सप्रनि रविन्द्र भट्टले तस्कर संग आर्थिक लाभ लिएर अवैध कपडा लोड रहेको ट्रकलाई छाडेको घट्नालाई ढाकछोपमा सकृय रहेका जिल्ला प्रमुख सप्रब १३ नम्बर गण प्रमुख सप्रउ पोखरेलको चरित्र उदांगीएको छ ।
सीमा क्षेत्रबाट हुने राजश्व चुहावट एवं अवैध तस्करी नियन्त्रणको जिम्मेवारीका साथ परिचालित निकायकै प्रत्यक्ष सहयोगमा तस्करी कार्यले पर्सा तस्करी इतिहासलाई पछाडि धकेलेर उच्च स्थान बनाउन सफल भएको यी घटना क्रमले देखाएको छ ।
नेपाल–भारत एकिकृत जाँच चौकी (आइसिपि)बाट करोडौ मुल्य बराबरको कपडा लोड ट्रक जांच पास नगरी निस्किने क्रममा भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि सुरक्षा निकायको मिलेमतोमा त्यस्तो कार्यहरु भैरहेको खुलासा भएको हो ।
भारतबाट आएको दुई करोडभन्दा बढी मूल्य बराबरको १२० गांठ कपडा लोड रहेको ना ७ प ८१५२ नम्बरको ट्रक भन्सार कार्यालयले नियन्त्रणमा लिए पछि पांचौ दिन सम्म कोही दाबी गर्न नआएपनि तस्करहरुको समूहले पूरानो मितिमा त्यसको बिलबिजक र प्रज्ञापन इत्यादी तयार पारेर मिलाउन चलखेल गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख तेज प्रसाद पोखरेलको आगमन भएदेखि नै पर्सा जिल्लाको प्रत्येक नाकाबाट तस्करी भैरहेपनि नियन्त्रणमा कुनै किसिमको कारवाही नहुनुले सशस्त्र प्रहरीका सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर समेतको ग्रीन सिग्नलले तस्करी कार्य भैरहेको आंकलन गरिएको छ ।
केही समय अघि विओपि वीरगंज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टले तस्करसंग लेनदेन गरेको प्रमाणसहित उजुरी वाहिनी र मूख्यालयमा परेपछि कारवाहीका लागि तानिएका निरीक्षक भट्ट आर्थिक बलमा फेरि पनि वीओपी वीरगंज भन्सारमै आएर तस्करीको लाइन दिएको सशस्त्र श्रोतबाट बुझिन आएको छ ।
त्यसैगरी आइसी भन्सारमा कार्यरत रहंदा ट्रकका ट्रक माल विना भन्सार पास गराएर राज्यको अरबौं रुपैयां बराबरको राजश्व चुहावटमा सघाउ पु¥याएका सप्रनानि प्रकाश सिंह ठकुरी सशस्त्र प्रहरी बल हेड क्वार्टर तानिएका छन् ।
सप्रनानि ठकुरी हेडक्वार्टर तानिएपछि सिनियर हाकीमहरुले भाग खाने तर कारवाहीमा भने आफू परेको भनी दुखेसो पोख्ने गरेको उनी निकट श्रोत बताउछन् ।
सशस्त्र प्रहरी बलका पर्सा जिल्ला प्रमुख प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल चुनावको मूखमा सिंगो देश होमिएको मौका छोपेर जिल्लाका सम्पूर्ण नाका तस्करहरुलाई सहज पार्ने किसिमले तस्करीको लाइन सुचारु गराएको जोकोहीले देख्न सक्ने अवस्था छ ।
दैनिक करोडौं रुपैयांको राजश्व चुहावट गर्ने गरी अवैध आयातको लाइन दिएर सुरक्षाका साथ सीमा कटाउने यिनै सशस्त्र प्रहरीले एक हप्तामा जिल्लाको विभिन्न ठाउबाट १२ लाख बराबरको माल सामान बरामद गरिएको भनेर समाचारको लागि इमेल पठाएर तस्करीको अवस्थालाई आफैं छर्लङ पारिदिएका छन् ।
Facebook Comments Box