spot_img
Homeदेशमधेशनिर्वाचन पछि कांग्रेस नेतृत्वमा बहुमतको सरकार–महत

निर्वाचन पछि कांग्रेस नेतृत्वमा बहुमतको सरकार–महत

वीरगंज, २१ कार्तिक ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन पछि नेपाली कांग्रेस नेतृत्वको बहुमतको सरकार बन्ने दावी गर्नु भएको छ ।
नेपाल प्रेस युनियन पर्साद्वारा सोमवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले आसन्न निर्वाचन पछि नेपाली कांग्रेस नेतृत्वको बाम–लोकतान्त्रिक गठवन्धनको बहुमतको सरकार बन्ने बताउनु भएको हो ।
उहाले कांग्रेसको नेतृत्वका गठबन्धन सरकार बन्दा संविधान र लोकतन्त्रको रक्षा हुने बताउदै संविधानमा भएका कमीकमजोरीलाई अर्को बाटो नखोजी संशोधन र परिमार्जित गरेर लाने लक्ष्य रहेको बताउनु भयो ।
प्रवक्ता महतले कानुन सही भए मात्रै देशका विकास निर्माण र सुशासन हुने बताउदै साढे १२ लाख युवालाई रोजगारी, ६५ वर्षमै वृद्ध भत्ता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
उहाले जनताको आकांक्षालाई केन्द्रमा राखेर निरन्तर काम गर्ने बताउदै प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै कुरा नगरी खुरुखुरु काम गरेको दाबी पनि गर्नु भयो ।
उहाले गरेको कामको प्रचार कम भएको कारण कांग्रेस पछि परेको बताउनु भयो ।
नेपाल प्रेस युनियन पर्साको अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी,संविधान सभा सदस्य अनिल कुमार रुंगटा,श्याम पोखरेललगायत नेता÷कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -